spot_img

पिताको सम्झनामा कोष स्थापना

पर्वत, असोज ३१–कुश्मा–५ का टेकनारायण कर्माचार्यको स्मृत्तिमा परिवारले अक्षयकोष स्थापना गरेका छन् । टेकनारायणको निधन भएको १३ औ दिनमा छोरा बसन्तकुमार, राजेन्द्र र ज्ञानेन्द्रले बालमन्दिर प्राविमा एक लाख रुपैयाँको कोष स्थापना गरेका हुन । बिपन्न बालबालिकालाई छात्रबृत्ति दिनेगरी बुवाको सम्झनामा कोष स्थापना गरेको बसन्तकुमार कर्माचार्यले बताए ।
‘बुवाको इच्छाअनुसार बिद्यालयमा बिपन्न बालबालिकाको पढाईमा सहयोग पुग्नेगरी कोष स्थापना गरेका हौ’ उनले भने । यसैगरी परिवारले ब्रहमकुमारी इश्वरीय बिश्वविद्यालय कुश्मालाई १० हजार र पाथीभरा मन्दिर निर्माणका लागि ११ हजार रुपैयाँ नगद प्रदान गरे । दुई बर्षअघि आमाको निधन हुँदा पनि बसन्त, राजेन्द्र र ज्ञानेन्द्रले आमाको स्मृत्तिमा कोष निर्मााण गरेका थिए ।
केहीबर्षदेखि दमरोगबाट पीडित टेकनारायण निजामती कर्मचारीबाट निबृत्त हुन । निबृत्तभएपछि उनी सामाजिक क्षेत्रमा सक्रिय थिए । ७९ बर्षिय टेकनारायणको असोज १८ गते घरमै निधन भएको थियो ।

spot_img

भर्खरै