पर्वत, असोज ९–पैंयूँ, महाशिला र बिहादी गाउँपालिका सबै दलको सधैँ पेलानको क्षेत्र हो । यो ठाउँबाट दलहरुले पटक–पटक लिएका छन दिने कुनै छाटकाँट नै छैन । नेपाली काँग्रेसले तत्कालिन अवस्थामा लुंखुकी उमा अधिकारीलाई ०४८ र ५१ सालमा प्रतिनिधिसभाको उम्मेदवार बनायो ।
त्यस्तै काँग्रेसले बिहादी–४ का खिमप्रसाद भुसाललाई पार्टी सभापति बनाएको छ । नेकपा माओबादी केन्द्रले बिहादी–६ का गुणाखर बस्याललाई पार्टी सेक्रेटरी र ०६४ सालमा सांसद बनायो । उसले बिहादी–३ का कृष्णप्रसाद पराजुलीलाई पार्टीको प्रमुखको अवसर दिइसकेको छ । तर, नेकपा एमाले पर्वतले तीन वटा गाउँपालिकाका नेता कार्यकर्तालाई जिल्लाबाट प्रतिनिधित्व गर्ने मुख्य पदमा पु¥याएको छैन ।
विगतका संसदीय दलको निर्वाचन होस वा संविधान सभा निर्वाचन होस्, पैंयूँका मित्रलाल बस्याल, महेन्द्र श्रेष्ठ, महाशिलाका टिकाराम भुसालको नाम आउछ तर विभिन्न षडयन्त्रले उनीहरुले टिकट पाउदैनन् । तीन वटै गाउँपालिकाका नेकपा एमालेका नेता कार्यकर्तामाथि भएको अहिलेसम्मको सबै अन्याय चुक्ता गर्नेगरी बिहादी–५ उरामका सुन्दर भुसाल लागेका छन् । आगामी मंसिर २१ गते हुने निर्वाचनमा प्रदेशतर्फबाट पर्वत–२ मा उनी सशक्त दाबेदारका रुपमा देखिएका छन् ।
‘नेकपा एमालेमा मेरो ठुलो लगानी छ, प्रदेशमा जित्ने एकमात्र उम्मेदवार मै हु’ सुन्दर भुसालले भने । आफ्नै डिजाइनले अहिले बिहादी गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्षमा जित हात पारेको भन्दै उनले यसपटक पर्वतको दक्षिणी क्षेत्रलाई नेकपा एमालेले अन्याय नगर्नेमान ढुक्क रहेको बताए । उनले प्रदेशको निर्वाचनमा आफुले एमालेबाट टिकट पाउनेमा ढुक्क रहेको भन्दै पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटलाई तिब्रता दिएका छन् ।
एमालेका युवाबिच लोकप्रिय रहेका भुसालले नेपालमा युवा नेतृत्व स्थापित गर्ने र आधुनिक शिक्षा, सूचना प्रविधि र बौद्धिक युवा जमातलाई स्थापित गर्ने,स्थानीय ज्ञान, सीप र क्षमतासँगै आधुनिक विकास प्रणाली बारेको ज्ञानको समिश्रणले जिल्लाको विकास आयामलाई अझ सुदृढ पार्ने जिम्मा युवाहरूलाई दिनु आवश्यक छ रहेकोले पनि आफुले टिकट पाउने बताए ।
उता नेकपा एमालेका युवाहरुले पर्वत–२ मा सुन्दर भुसालले टिकट नपाएमा मतदानमै सहभागी नहुने चेतावनी समेत दिएका छन् । एमाले समर्थक युवाहरुले पर्वतको दक्षिण भेगलाई नेकपा एमालेले सधैँ अन्याय गरेको, दिने भन्दा लिने मात्रै गरेको भन्दै आगामी प्रदेश निर्वाचनमा सुन्दर भुषाल एकमात्र उम्मेदवार भएको बताए । ‘सुन्दर भुसाललाई यसपटक नेकपा एमालेले अन्याय गर्न हुँदैन, उनले टिकट नपाए धेरै युवा मतदान गर्नै जादैनन्’ भोजराज भुसालले चेतावनी दिए ।