काठमाडौँ, असोज १९– निर्वाचनलाई मध्यनजर गरी नेपाली कांग्रेससहित ६ दल लोकतान्त्रिक गठबन्धन बनाउन सहमत भएका छन् ।
बुभबार राति बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ६ दलबीच भएको छलफलमा लोकतान्त्रिक गठबन्धन आवश्यक रहेको निष्कर्षसहित गठबन्धन निर्माणका लागि सहमति जुटेको हो ।
बैठकहमा सहभागी राष्ट्रिय जनता पार्टी नेपालको नेता राजेन्द्र महातोले भने लोकतात्रिक शक्तिहरु आगामी निर्वाचनका लागि गठबन्धन गर्न सहमत भएका छौं । गठबन्धनका लागि ७ सदस्यी कार्य दल गठन गरेका छौं ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।


