spot_img

कामको प्रचार र खोक्रो राष्ट्रबादको भण्डाफोर गर्न सकेनौ ः जोशी

इन्दिरादेवी शर्मा
पर्वत, असोज ८–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद अर्जुनप्रसाद जोशीले नेपाली काँग्रेसले गरेको विकासे कामको प्रचार र एमालेको खोक्रो राष्ट्रबादको भण्डाफोर गर्न नसक्दा स्थानीय तहको निर्वाचनमा सोचेअनुसार नतिजा ल्याउन नसकेको बताएका छन् ।
नेपाली काँग्रेस जलजला गाउँपालिका–५ लेखफाँटको नवनिर्मित बिपि स्मृत्ति भवनको आइबार उद्घाटन गर्दै जोशीले काँग्रेसले गाउँगाउँसम्म सडक, खानेपानी, बिद्युत, सिंचाईका योजना पु¥याएर विकास निर्माणका महत्वपूर्ण काम गरेपनि प्रचार गर्न नसकेको स्वीकार गरे । ‘काँग्रेसले विकास निर्माणका धेरै काम गरेको छ, खानेपानी, सडक, बिजुली, सिंचाई योजना र स्वास्थ्यलाई गाउँगाउँ पु¥याएको छ तर कामअनुसार प्रचारप्रसार गरी जनतालाई बुझाउन सकेको छैन’ जोशीले भने ।
उनले आफुले गरेका कामलाई जनतालाई बुझाउन र प्रचार गर्न नसक्दा स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत नतिजा हासिल गर्न नसकेको बताए । काँग्रेस नेता जोशीले स्थानीय तहमा राम्रो नतिजा ल्याउन नसक्नुको अर्को कारण नेकपा एमालेको खोक्रो राष्ट्रबादको भण्डाफोर गर्न नसक्नुपनि जिम्मेबार रहेको बताए ।
‘सबैभन्दा बढी जनता र मुलुकको माया नभएको पार्टी एमाले नै हो तर उसले खोक्रो राष्ट्रबादका कुरा ल्याउदा हामीले जनताको माझमा गएर भण्डाफोर गर्न सकेनौ’ जोशीले भने–‘स्थानीय तहमा अपेक्षाकृत नतिजा ल्याउन काँग्रेसले नसकेको यो अर्को कारण हो ।’
नक्कली राष्ट्रबादले केही बढी स्थानीय तह जित्दा नेकपा एमालेमा भरिएको दम्भ २ नम्बर प्रदेशको निर्वाचनले देखाइदिएको काँग्रेस नेता जोशीले बताए । ‘एमालेको नक्कली राष्ट्रबाद र दम्भ अब जनताले राम्रोसँग बुझ्दै गइरहेका छन्’ उनले भने ।
उनले काँग्रेसले जनताका अत्यावश्यक आवश्यकतालाई ध्यान दिएर खानेपानी, बिजुली, सडकमा ठुलो लगानी गरेपनि एमालेको बृद्धभत्ता पछाडी लागेर काँग्रेसले गरेका काम बिर्सन नहुने सुझाए । ‘गाउँमा सबैभन्दा पहिले स्वास्थ्य संस्था ल्याउने, बिद्यालय स्थापना गर्ने, खानेपानीका योजना बनाउने, सिंचाईका महत्वपूर्ण आयोजना सुरुवात गर्ने नै नेपाली काँग्रेस हो’ जोशीले भने ।
काँग्रेस नेता जोशीले पार्टीभित्रको आलोचना र खुट्टा तान्ने प्रबृत्तिको अन्त्य गरेर चुनावमा गएमा नेपाली काँग्रेसले पर्वतका दुबै प्रदेशका क्षेत्र र प्रतिनिधिसभामा ढुक्कले बिजयी हुने बताए । ‘यसपटक पर्वतमा प्रदेशका दुबै क्षेत्र र प्रतिनिधिसभा क्षेत्रमा नेपाली काँग्रेस बिजयी हुन्छ’ उनले भने ।
जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले काँग्रेसले विगतदेखि नै गरेको कामले काँग्रेस बिजयी भएको भन्दै उनले जनताका अत्यावश्यक आवश्यकतालाई ध्यानमा राखेर विकास निर्माणको कामलाई अगाडी बढाउने बताए । उनले पाँच बर्षको अवधिमा गाउँपालिकाको विकासलाई धेरै अगाडी बढाउने सोचमा आफु रहेको धारणा राखे ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति दुर्गाबहादुर खत्री, महासमिति सदस्य बसन्तबहादुर सिके, जिविसका पूर्वउपसभापति राम शर्मा पौडेल, जलजला गाउँ कार्यसमितिका सभापति चन्द्रबहादुर जिसी, काँग्रेसका युवा नेता बिप्लब हमाल, क्षेत्रीय उपसभापति टिकाराम सुवेदी, पूर्वमहाधिवेशन प्रतिनिधि गोबिन्द पौडेल, वडा अध्यक्ष हरिविकास जिसी, सपना रेग्मी लगायतले बोलेका थिए ।
बिपि स्मृत्ति भवन स्थानीय योगेन्द्र सुवेदीले तीन लाख २७ हजार रुपैयाँको लागतमा निर्माण गरेका हुन । भवन निर्माणका लागि स्थानीय पवित्रा सुवेदीले सात आनाभन्दा बढी जग्गा निशुल्क प्रदान गरेकी छन् ।

spot_img

भर्खरै