spot_img

भुकम्पपीडितलाई गाउँमै बैंक खाता

पर्वत, भदौ २४–कुस्मा–१४ आर्थर डाडाँखर्कमा गाउँघरमै पुगेर भूकम्पबाट पुर्णरुपमा घरगोठ भत्केका सर्वसाधरणको बैंक खाता खोलिएको छ ।
सदरमुकाममा रहेका बैंकमा आएर बैंक खाता खोल्ने झण्झटबाट मुक्त गराउन गाउँमै पुगेर बैंक खाता खोलिएको हो । अशक्त र बृद्धहरुका भने घरघरमै पुगेर पनि खाता खोलिएको छ ।
कुस्मा नगरपालिका वडा नं १४ का जनप्रतिनिधीको पहल र गरिमा बिकास बैंक कुस्मा शाखाको सक्रियतामा वडा कार्यालयमा शनिबार बैंक खाता खोलिएको छ । ५० जना सर्वसाधरणको बैंक खाता खोलिएको कुस्मा नगरपालिका १४ का वडा सदस्य होमनाथ रिमालले जानकारी दिए । ‘जनताले कुस्मा सम्म जाने झण्झट बेर्होन नपरोस र गाउँघरमै सेवा दिन सकियोस भनेर खाता खोल्ने ब्यबस्था मिलाएका हौ’ उनले भने । भूकम्पबाट घर गोठ भत्केर टहरा र पालमुनि बसेका सर्बसाधरणले गाउँमै बैंक खाता खोलिएपछि निक्कै खुसी भएका छन । जनप्रतिनिधीहरुले गाउँघरमा नै जनतालाई सुबिधा दिने कार्यलाई प्राथमिकता दिदै आएको र जनताले फरक अनूभूति गर्ने अवसर पाएको वडा सदस्य रिमालले बताए ।
भूकम्प पिडीतले घर बनाउने अनुदानको पहिलो किस्ता भुक्तानी लिने र यो हिउँदमा घर बनाउने अवसर पाउनेछन । आर्थर डाडाँखर्कमा ६२ परिवारका घरगोठ पुर्णरुपमा क्षति भएका छन । यस बाहेक पुर्णरुपमा घर गोठ क्षति भएर पनि पुर्णक्षतिमा नपरेका परिवारले वडा कार्यालय मार्फत गुनासो भरेका छन । बिबरण नमिलेका र सच्चाउनु पर्ने परिवारलाई कुस्मा नै खाता खोल्ने ब्यबस्था मिलाइएको वडा सदस्य रिमालले जानकारी दिए ।
गरिमा बिकास बैंक कुस्मा शाखाले खाता खोल्न सहज होस भनेर सके सम्म गाउँमा नै पुग्ने ब्यस्था मिलाएको छ । बैंकका कनिष्ठ सहायक गोकुल शर्माले फलेबास नगरपालिकाको शंकरपोखरी, कुस्मा नगरपालिकाको कटुवाचौपारी र ठुलीपोखरीमा पनि आँशिक रुपमा गाउँमै पुगेर खाता खोलेको छ भने जलजला गाउँपालिकाको लेकफाँट र माझफाँटमा पनि गाउँमै पुगेर खाता खोलिएको छ । बाँसखर्कका भने कुस्मा नै आएर खाता खोलेका थिए । बैंकले अहिले सम्म ४ सय भन्दा बढी खाता खोलिसकेको कुस्मा शाखाका प्रबन्धक प्रेमनारायण अर्यालले बताए । ‘कुस्मामा खाता खोल्दा भिडभाड हुने र पिडीतहरुले धेरै झण्झट बेहोर्ने हुँदा गाउँमा नै पुगेर खोल्ने कुरालाई प्राथमिकता दिदै आएका छौ’उनले भने ‘यसले बैंकमाा पनि भिड नहुने र सर्वसाधरणले घरदैलोमा नै बैंकको सेवा पाउने वातावरण बनेको छ ।’

spot_img

भर्खरै