spot_img

निजामति कर्मचारी दिवसको अवसरमा बृक्षारोपण

साजन परियार २१, भदौ कुश्मा पर्वत । निजामति सेवा दिवस २०७४ पर्वतमा मनाईएको छ । “निजामति कर्मचारीहरुको प्रतिवद्धता, पादरर्शिता र चुस्तता” दिवसको मुल नारा रहेको थियो । दिवसको अवसरमा सदरमुकाम कुश्मा बजारमा विहान प्रभातफेरी गरिएको थियो ।

नेपालमा निजामति सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो । विक्रम सम्वंत २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो । अहिले नेपालमा करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् ।

निजामति सेवा दिवस जिल्ला मुल समारोह समिती पर्वतको आयोजनामा जिल्ला अस्पताल पर्वतको परिसरमा बृक्षारोपण गरिएको छ । धुपी,सल्ला, अशोका, बिरेन्द्र फुल लगायतका ५२ प्रजातिका विरुवा बृक्षारोपण गरिएको थियो । जिल्ला बन कार्यालय पर्वत र जिल्ला भू–संरक्षण कार्यालयको सहयोगमा जिल्ला अस्पताल पर्वत परिसरमा बृक्षरोपण गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथी तथा जिल्ला न्याधिस मोहन भट्टाराईले विरुवा रोपेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, जिल्ला समन्वय समितिका स्थानिय विकास अधिकारी विष्णुप्रसाद भुषाल, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक दिलिप घिमिरे लगायत विभिन्न कार्यालयका कार्यलय प्रमुख लगायत राष्ट्र सेवक निजामति कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रम सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम आर्चायको संयोजत्वमा सम्पन्न भएको थियो ।

spot_img

भर्खरै