spot_img

दसैंका लागि उपत्यकामा ६६ करोड रुपैयाँका खसीबोका

काठमाडौं , भदौ १९–दसैंका लागि उपत्यकामा करिव ६६ करोड रुपैयाँ बराबरका खसीबोका र च्यांग्रा भित्रिने भएका छन् । खाद्य संस्थान र चौपाया ब्यवसायी संघ कलंकीले उक्त मुल्य बराबरको खसीबोका र च्यांग्रा भित्र्याउने तयारी गरेका हुन् ।
संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार खबसीबोका र च्यांग्रा खरिदका लागि ३ करोड ३१ लाख रुपैयाँ छुट्याईएको छ । उक्त रकमबाट २५ सय खसीबोका र च्यांग्रा १ हजार खरिद गरिनेछ । ब्यवसायीले खसीबोका र च्यांग्रा गरी गरिव ४५ हजार हाराहारीमा ल्याउने तयारी गरेका छ । आजको कान्तिपुरमा यो खबर छ ।

spot_img

भर्खरै