spot_img

नेपाल रेडक्रस सोसाइटीको ५४ औँ स्थापना दिवस पर्वत यसरी मनाइयो ।

साजन परियार, १९ भदौ । नेपाल रेडक्रस सोसाइटीको ५४ औँ स्थापना दिवस पर्वतमा मनाईएको छ । जिल्ला अस्पताल पर्वतमा रहेका विरामीहरुलाई फलफुल वितरण गरी नेपाल रेडक्रस सोसाइटी पर्वत जिल्ला शाखाले स्थापना दिवस मनाएको हो ।

‘रेडक्रस ःसबैको ठाउँमा, सबैका लागि के तपाईलाई थाहा छ ?’ भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेश पन्थी लगायतको विभिन्न व्यक्तिहरुको उपस्तिथी रहेको थियो ।

त्यस्तै पर्वतको कुश्मा नगरपालिका –२ पाङ,खुर्कोट बगैचामा रहेको हिमालय माद्यामिक विद्यालयमा नेपाल रेडक्रस दिवसको अवसरमा श्रोतकेन्द्र स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको समन्वय र जुनियर रेडक्रस सर्कल हिमालय मा.विको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । ‘मानविय सेवामा रेडक्रस’ विषयमा सम्पन्न भएको प्रतियोगितामा ९ समुहको सहभागिता रहेको थियो । प्रतियोगितामा खरीबोट मा.वि प्रथम,नुवार थर सुवेदी मा.वि द्धितृय, गोविन्दनाथ देवशर्मा मा.वि खरिवोट तृतिया र कालिका मा.वि सान्त्वना भएका छन् ।

प्रतियोगितामा विजेताहरुलाई नगद सहित पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा नेपाल रेडक्रस सोसाईटी, पर्वत शाखाका सभापति रुद्रबहादुर रिमालले कार्यक्रम आयोजना गरेकोमा जु.रे.स.लाई धन्यावाद दिंदै रेडक्रसको कार्यहरुका बारेमा स्पष्ट पार्नुभएको थियो । रेडक्रसले मानवीय पीडामा मल्हम लगाउने कार्य गरिरहेकोले विद्यार्थीहरुमा पनि मानवीय पिडामा सचेत रहने बानीको विकास हुनुपर्ने उल्लेख गर्नुभयो । जुनियर रेडक्रस सर्कलका अध्यक्ष विवेक गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्वत जिल्ला शाखाका उपसभापति डाक्टर चुडामणि शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक माधवप्रसाद रेग्मी  र कार्यक्रमको उद्देश्य माथि मुल्याङकन समितिका संयोजक कमलनाथ पोखरेलले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन  रेडक्रसका शिक्षक नायक यज्ञ वास्तोलाले गर्नुभएको थियो । यता,नेपाल रेडक्रस सोसाईटीको स्थापना दिवसको अवसर पारेर पर्वतको कुश्मा नगरपालिका वडा नं. २ मा रहेको जुनियर रेडक्रस सर्कल, कालिका मा.वि. को आयोजनामा अन्तर बिद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

बिभिन्न ६ समूहको सहभागिता रहेको प्रतियोगितामा गोविन्दनाथ देवशर्मा मा.वि. खरीबोट प्रथम, कालिका मा.वि. समूह डी द्धितिय र कालिका मा.वि. समूह ई तृतिय भएका छन । प्रतियोगिताका बिजेताहरुलाई नगद पुरस्कार सहित प्रमाण पत्रले सम्मान गरिएको छ ।

जुे.रे.स.का अध्यक्ष विद्यार्थी सूर्य पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जु.रे.स.का संरक्षक तथा विद्यालयका प्राधानाध्यापक बाबुराम शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद बास्तोला, शिक्षक गुप्नीधि शर्मा लगायतले बोल्नुभएको थियो । प्रतियोगिताको संचालन रेडक्रसका शिक्षक नायक संजय रेग्मीले गर्नुभएको थियो ।

 

spot_img

भर्खरै