spot_img

कृषि बैंकका कर्मचारी चारदिनदेखि बेपत्ता


पर्वत, असार २५–कृषि विकास बैंक कुश्मा शाखाका एक कर्मचारी चारदिनदेखि बेपत्ता भएका छन् । फलेबास–४ मुडिकुवाका दिपेन्द्र पौडेल बिहिबार बिहानदेखि घरबाटै बेपत्ता भएका हुन । बुधबार कार्यालयको काम सकेर घर पुगेर खाना खाएर सुतेका उनी बिहिबार बिहान ४ बजेदेखि बेपत्ता भएको परिवारले जनाएका छन् । उक्त दिन उनी कार्यालयको काम सकेर राती १० बजे मात्रै घर पुगेका थिए ।
बाहिरबाट खाना खाएर आएको भन्दै घरमा केही नखाइ सुतेका उनी बिहान नभेटिएका हुन । स्थानीय युवनाथ गौडेलले बुधबार अबेला घर पुगेका दिपेन्द्र बिहिबार बिहानैदेखि हराएको जानकारी दिए । ‘सरल र इमान्दार ब्यक्ति कसरी बिहानै त्यसरी घरबाटै हरायो भन्नेमा हामी नै आश्चर्यमा परेका छौ’ उनले भने ।
दिपेन्द्रका छोरा दिपेशले बाबुको खोजी गरिदिन अपिल गरेका छन् । उनले बिहिबार बिहान ४ बजेको समयमा बाबु घरबाट निष्केको र अहिलेसम्म नफर्केको बताए । चार दिनसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका छन् । हराएका दिपेन्द्रको श्रीमती, तीन छोरा र ८३ बर्षिय बृद्ध आमा रहेकी छन् ।

spot_img

भर्खरै