spot_img

हवाई भाडा घट्यो, अब कहाँ जान कति लाग्छ ?

काठमाडौं, असार २०–नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडा घटाएको छ । अान्तिरकतर्फको हवाई इन्धनको मूल्य लिटरकाे ४ रूपैयाँ घटेसँगै देशका विभिन्न भागमा जाने हवाई भाडामा कमी आएको छ। नयाँ भाडा दर बुधबार देखि कार्यान्वनयमा आउने भएको सिम्रिक एयरका मार्केटिङ म्यानेजर प्रज्वल थापाले जानकारी दिए । हवाई भाडामा लामो दुरीमा २ सय रुपैयाँसम्म घटेको छ ।

विराटनगर जाने यात्रुले यसअघि ७ हजार २ सय तिर्नुपर्दथ्यो । तर अब भने ७ हजार १ सय ४ रुपैयाँ मात्रै तिरे हुने भएको छ । भद्रपुरमा ८ हजार ७ सय रुपैयाँ तिर्दै आएका यात्रुले अब ८ हजार ५ सय ७६ रुपैयाँ तिरे पुग्ने भएको छ । त्यसैगरी माउन्टेन फ्लाइटमा यसअघि ११हजार तिर्दै आएकोमा अब १० हजार ८ सय ६२ मात्रै तिरे हुने भएको छ ।

spot_img

भर्खरै