spot_img

कानुन हातमा लिँदै राजपा

वीरगञ्ज, असार २ – जबरजस्ती यात्रु ओसारेको भन्दै एक जना मधेसी मुलका युवकलाई नै बिहीबार राजपाका कार्यकर्ताले कान समातेर उठबस गर्न लगाएका छन् ।  आजको नेपाल समाचरपत्रमा खबर छ ।

बन्द हड्तालका बेला भाडा असुलेर यात्रु ओसारेको भन्दै बिहीबार बिहान वीरगञ्जमा आन्दोलनकारीले एक जना मोटरसाइकल चालकलाई निर्घात रुपले कुटपिट गरेका छन् ।  राजपा कार्यकर्ताले घण्टाघर चोकमा ती मोटरसाइकल चालकलाई निर्घात रुपमा कुटपिट गर्नुका साथै कान समातेर उठबस गराएका छन् । यद्यपी ती युवकलेभने आफूले अलपत्र परेको व्यक्तिको उद्धार गरेको बताएका छन् ।

spot_img

भर्खरै