spot_img

राजपाले मानेन : सरकारमाथि यस्तो आरोप

काठमाडौं , असार २–सरकारले प्रदेश २ को निर्वाचन सार्ने निर्णय गरे पनि राष्ट्रिय जनता पार्टीले मधेसको समस्या समाधान नभएको भन्दै आन्दोलनलाई निरन्तरता दिने भएको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

सरकार र राजपाका नेताबीचको छलफलमा राजपाका नेताहरुले आफूहरुले उठाउँदै आएको माग सम्बोधन भएमात्रै आन्दोलन स्थगित गर्ने सर्त राखेका थिए । विगतमा भएका सम्झौता कार्यान्वयन नभएसम्म चुनावमा सहभागी हुन नसक्ने अडान राजपाले राखेको भएपनि सरकारले एकतर्फी रुपमा २ नम्बर प्रदेशको निर्वाचन सारेको आरोप राजपाले लगाएको छ ।

spot_img

भर्खरै