उत्तर कोरियामा कैदीसँग कति नराम्रो व्यवहार हुन्छ यो लुकेको विषय होइन । उत्तर कोरियामा जब कुनै विदेशी लाई गिरफ्तार गरिन्छ तब अत्याचार तथा विवशातका साथ यस्ता कैदीले जवर्जस्ती मजदूरी गर्न पर्नेछ । समाचारहरुका अनुसार उत्तर कोरियाको जेलमा जिवन विताएकाहरु अहिलेसम्म सकुशल हुन सकेका छैनन् । वर्षौ पछि पनि यिनीहरु जेलमा पाएको सजाय बारेका कुरा गर्ने हिम्मत राख्दैनन् ।
डिसेम्बर २०१२ कोरियाई अमेरिकी क्रिश्चियन मिशनरी केनेथ बे माथि उत्तर कोरिया रिपव्लिक विरुद्ध शत्रुतापूर्ण गतिविधिमा सहभागी भएको आरोप लागेको थियो । केनेथ कयौं पटक उत्तर कोरिया गइसकेका थिए । तर २०१२ मा उनको यात्रकाबीच उनलाई सोधपुछ गरियो । केनेथसँगबाट धार्मिक सामाग्री भरिएको हार्ड डिस्क फेला प-यो । यस अपराधका लागि केनेथलाई १५ वर्षकोसम्मको मजदूरी गर्ने सजाय दिइयो । तर खराब स्वास्थ्य भएका कारण नोभेम्बर २०१४ मा उनलाई रिहा गरियो ।
२२ वर्षका एक अमेरिकी छात्र ओट्टो वार्मवियर पनि हुन् । मार्च २०१६ मा ओट्टोको एक होटलका विलबोर्ड चोर्न खोजेको आरोपमा १५ वर्षको कठिन मजदूरीको सजाय सुनाइयो । रिहाई भएपछि केनेथले आफ्नो पूरा अनुभव लेखिएका छन् । उनले हिरासतमा लिएर गएसँगै शुरुवाती चार हप्तामा विहान ८ बजे देखि रात १०–११ बजेसम्म सोधपुछ गरिने गरिएको थियो । यस सोधपुछमा मैले सयौं पन्नमा अपराधको कबूल गरेको थिए जो मैले गरेको थिइन् । उनले बताए अनुसार उनलाई हप्ताको ६ दिन एक फर्ममा काम गर्न भनिएको थियो । जहाँ उनको काम ठूलो ढुंगा उठाउने र कोइला झिक्ने थियो ।
उनलाई विहान ६ बजे उठ्न निर्देशन दिइनन्थ्यो । नास्ता र उपासनापछि उनलाई आठ बजे देखि बेलुका ६ बजेसम्म काम गर्न लागाइन्थो । ७३५ दिनमा केनेथका वजन करिब २७ किलो कम भएको थियो । उनको वजक कम भएका कारण स्वास्थ्यमा समेत समस्या आयो । उनलाई कयौंपटक स्वास्थ्य परीक्षणका लागि समेत लगिएको थियो ।
शारीरिक पीडा ताथा आसुको अलावा मनोवैज्ञानिक पीडा पनि कम थिएन । एक सोधपुछ गर्ने अधिकारीले उनलाई भने‘तिमीले केही याद गर्ने छइनौं, कि तिम्रो सरकार कुन हो, न तिम्रा मानिस । अबको १५ वर्ष तिमि यही बस्ने छौं जतिखेर तिमी घर जाने छौं त्यतिखेर तिम्रो उमेर ६० वर्षको हुने छ । तर केही महिनाको कैदपछि केनेथलाई आफ्नो इमेल र मेसेज हेर्ने अनुमति मिल्यो ।
एमनेस्टी इन्टरनेशलका अनुसार उत्तर कोरियाको जेल विश्वको सवैभन्दा भयानक जेलमध्ये एक हो । एम्नेस्टीले एरियल फोटोग्राफीको माध्यमबाट उत्तको जेल बाशिंटनका भन्दा तीन गुणा ठूलो भएको र जसमा २० हजार मानिसलाई कैद गर्ने क्षमता भएको जनाएको छ ।
एक पूर्व अधिकारीका अनुसार बन्दीहरुलाई आफ्नो चिहान पनि खन्न लगाइन्छ । सजा दिने नाममा बलात्कार गरिन्छ र त्यसपछि पीडित गायब हुन्छन् ।
अमेरिकाका बारेमा उत्तर कोरियाका कैदीमा समेत भ्रम फिजाउने गरिएको छ । अमेरिकाको डार्क लाइफ बारे उनीहरु कुरा गर्छन् जहाँ ९९ प्रतिशत मानिस गरिब छन् । जब केनेगले अमेरिकाका मानिससँग आफ्नै घर, कार हुन्छ भने तव उनीहरुले यो सत्य हुन नसक्ने बताए ।