spot_img

अमेरिकाले ओसामाका छोरा हमजामाथि राख्यो ११ करोड रुपैयाँ इनाम

काठमाडौं, फागुन १७–अमेरिकाले अल–कायदा नेता ओसामा बिन लादेनका छोरा  हमजा बिन लादेन बारे जानकारी दिनेलाई एक मिलियन डलर (११ करोड रुपैयाँ) इनाम दिने घोषणा गरे । जिहादको युवराज नामबाट चर्चित हमजा बिन लादेनलाई अमेरिकाले थुप्रै वर्षदेखि खोजिरहेको छ । कहिले उनी पाकिस्तानमा त कहिले अफगानिस्तानमा भएको खबर आइरहन्छ ।

हमजा, ओसामाका तीन जीवित श्रीमतीमध्ये एक खैरिया सबारका छोरा हुन् जो एबटाबादको एक परिसरमा आफ्ना श्रीमान ओसामा बिन लादेनसँग बसिरहेकी थिइन् । गत वर्ष अगस्टमा हमजाले बिन लादेनले वर्ल्ड ट्रेड सेन्टरमा हमलाका अपहरणकर्ता मोहम्मद अट्टाकी छोरीसँग विवाह गरेको खबर आएको थियो । द गार्डियनसँग कुरा गर्दै ओसामा बिन लादेनका सौतेनी भाइ अहमद र  हसन अट्टाले विवाहको पुष्टि गरेका थिए ।

spot_img

भर्खरै