‘कोभिड–१९ को यो लहरमा भाइरसको फरक क्लिनिकल व्यवहार देखिएको छ,’ सर गंगाराम अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा। संजय साद भन्छन्। उक्त अस्पतालमा कार्यरत २ जना संक्रमित चिकित्सकलाई निको पार्न अतिरिक्त अक्सिजन दिनुपरेको थियो। ‘पछिल्लो महामारीले युवालाई असर गरेको छ, पूरै परिवारलाई असर गरेको छ। यो समग्रमा नौलो कुरा हो। यहाँसम्म कि २ महिनाका बालबालिकामा पनि संक्रमण देखिएको छ,’ डा। साद भन्छन्।
भारतमा महामारी झन् उग्र हुँदैछ। बिहीबारमात्रै ३६ सयको मृत्यु भएको छ। भारतमा कुल मृतकको संख्या २ लाख नाघेको छ। विज्ञले मृतकको संख्या अझ बढी हुनसक्ने बताउँदै आएका छन्। भारतमा दैनिक संक्रमण ३ लाख ८० हजार नाघेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।