spot_img

जनप्रतिनिधिलाई पुनर्निर्माण पढाउँदै प्राधिकरण

काठमाडौं  जेठ १८– पुनर्निर्माण प्राधिकरणले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई पुनर्निर्माणको अवधारणाका सम्बन्धमा विस्तृत जानकारी दिने भएको छ ।

पुनर्निर्माणको काम स्थानीय तहमार्फत द्रूतगतिमा अघि बढाउने योजनामा रहेको प्राधिकरणले यसका लागि जनप्रतिनिधिलाई सम्पूर्ण जानकारी दिने भएको छ । दोस्रो चरणको स्थानीय निार्वचन नभइसके पनि भूकम्पबाट बढी क्षति भएकामध्ये अधिकांश स्थानमा भने पहिलो चरणमै निर्वाचन सम्पन्न भइसकेको छ ।

स्थानीय निकायको अभावमा पुनर्निर्माणले गति लिन नसकेको बताइरहेका बेला पुनर्निर्माण प्राधिकरणले नवनिर्वाचित नगरपालिका र गाउँपालिका प्रमुख÷उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुलाई पुनर्निर्माणको प्रक्रिया, यसको नीति , कार्यविधि, निर्देशिकालगायतका सम्बन्धमा बुझाउन लागेको आजको कारोबार दैनिकमा खबर छ ।

spot_img

भर्खरै