spot_img

बहसमा नआउने वकिलमाथि कारबाही !

काठमाडौं, जेठ १८। कानुन व्यवसायीले कुनै मुद्दामा बहसका लागि वकालतनामा दिएर इजलासमा अनुपस्थित भए कारबाही हुने गरी सर्वोच्च अदालतले कानुनको मस्यौदा तर्जुमा गरेको छ ।

वकिलले कसैको हितविपरीत काम गरे पनि कारबाही गर्न सकिने प्रस्ताव गरिएको छ । मस्यौदामा आपत्ति जनाउँदै बार एसोसिएसनले बिहीबार प्रधानन्यायाधीशलाई ध्यानाकर्षण गराउने भएको छ । मस्यौदा अध्ययन गरी सुझाव दिन बारले १५ दिन समेत माग्ने भएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

spot_img

भर्खरै