पर्वत, जेठ ४–मोदी गाउँपालिकामा नेकपा एमालेका प्रेमप्रसाद पौडेल बिजयी भएका छन् । उनले नेपाली काँग्रेसका बिश्वप्रकाश प्रसाईलाई एक हजार आठ सय २४ मतान्तरले पराजित गरी बिजयी भएका हुन ।
पौडेलले पाँच हजार छ सय ४३ र काँग्रेसका प्रसाईले तीन हजार आठ सय १९ मत पाए ।
त्यस्तै उपाध्यक्षमा पनि नेकपा एमालेका सेती महत बिजयी भएकी छन् । उनले पाँच हजार तीन सय ९६ र काँग्रेसका मिना केसीले तीन हजार आठ सय ३४ मत पाइन् । यो गाउँपालिकामा एक वडा काँग्रेस र सात वटा वडा नेकपा एमाले बिजयी भएको छ । काँग्रेसले मोदी १ र एमालेले २, ३, ४, ५, ६, ७ र ८ जितेको हो ।