पर्वत, जेठ ५। नेकपा एमालेले निर्वाचनमा सहयोग पु¥याउने सबैलाई धन्यबाद दिएको छ । एमाले पर्वतले आज बिहान पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकोमा सबैलाई धन्यबाद दिएको हो । एमालेले पर्वतमा पहिलो पार्टी गराएको भन्दै मतदाताप्रति आभार ब्यक्त गरेको छ ।
एमालेले सात वटा स्थानीय तहमा एक नगरपालिका र तीन गाउँपालिकासहित ३७ वडा अध्यक्ष र एक सय ३३ जना वडा सदस्य जितेको बताएको छ । ‘यो निर्वाचनले नेकपा एमालेलाई पर्वत जिल्लाको पहिलो पार्टी बनाएको छ’ अध्यक्ष पदम गिरीले पत्रकार सम्मेलनमा भने–‘अब महत्वपूर्ण निर्वाचन आउदैछन्, त्यसको तयारीमा लाग्छौ ।’
पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रिय सदस्य गोबिन्द नेपालीले एमालेको नीति र सिद्धान्तका कारण देशभर एमाले पहिलो शक्ति भएको दाबी गरेका थिए । पत्रकार सम्मेलनको सञ्चालन नेकपा एमाले पर्वतका उपसचिव गोबिन्द पहाडीले गरेका थिए ।
एमाले पर्वतले दियो सबैलाई धन्यबाद


