spot_img

मोदीगाउँपालिकामा एमालेको अग्रता

पर्वत, जेठ ४ । पर्वतको मोदी गाउँपालिकामा नेकपा९एमाले०का उमेदवारले अग्रता कायम राखेका छन । मोदी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुमा समेत एमालेका उमेदवारहरु नै अघि देखिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार अध्यक्षमा नेकपा९एमाले०का प्रेम पौडेलले तीन हजार नौ सय ६३ मत सहित अग्रता लिइरहेका छन । नेपाली कांग्रेसका बिश्वप्रकास प्रसाईले दुई हजार आठ सय ५८ मत प्राप्त गरेका छन ।
यसैगरी उपाध्यक्षमा नेकपा९एमाले०की सेती महतले तीन हजार सात सय ७७ मत पाएकी छन भने नेपाली कांग्रेसकी मिना केसीले दुई हजार आठ सय २४ मत पाएकी छन ।
मोदी गाउँपालिकाको बाजुङ्गमा नेकपा९एमाले०का दलबहादुर मल्लले एक हजार एक सय मत पाएर बिजयी भएका छन । नेपाली कांग्रेसका मानबहादुर अधिकारी आठ सय ५७ मत पाएका छन । तिलहारमा एमालेका बिमल लामिछाने प्रतिष्पर्धी नेपाली कांग्रेसका ठक्कर शर्मा भन्दा पाँच सय मतले अघि छन ।

spot_img

भर्खरै