spot_img

जलजलामा नेपाली काँग्रेसका मल्ल बिजयी

पर्वत, जेठ ४–जलजला गाउँपालिकामा नेपाली काँग्रेसका यामबहादुर मल्ल तीन हजार सात सय २३ मत प्राप्त गरी बिजयी भएका छन् । उनले नेकपा एमालेका लालबहादुर अधिकारीलाई छ सय ४५ मतान्तरले हराएका हुन । अधिकारीले तीन हजार ७८ मत प्राप्त गरे ।
माओबादीका बाबुराम कार्कीले एक हजार नौ सय २१ मत प्राप्त गरे । उपाध्यक्षमा पनि नेपाली काँग्रेसका सिमा पुन बिजयी भइन् । उनी तीन हजार सात सय ८३ मत ल्याएर बिजयी भएकी हुन । एमालेका अनिता शर्माले तीन हजार छ सय ५७ र नेकपा माओबादी केन्द्रका सिता मल्लले १५९४ मत प्राप्त गरिन् ।
यो गाउँपालिकामा वडा नम्बर २, ३, ४ र ८ काँग्रेस, ७ र ९ नेकपा माओबादी केन्द्र तथा १, ५, ६ नेकपा एमालेका वडा अध्यक्ष बिजयी भएका छन् । वडा नम्बर १ मा तुलसीराम रेग्मी, २ मा गोबिन्द खत्री, ३ मा देबिन्द्रबहादुर भण्डारी, ४ मा भिष्म मल्ल, ५ मा तिलक जिसी, ६ मा हमबहादुर फकामी, ७ मा टुंगनाथ आचार्य, ८ मा हरिविकास जिसी र ९ मा गौबहादुर पुन वडा अध्यक्षमा चुनिएका छन् ।

spot_img

भर्खरै