पर्वत, जेठ ४– पर्वतको विहादी गाउँपालिकामा नेकपा एमालेका कमल प्रसाद भुसाल २४ सय २० मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रविण गुरुङले २२ सय १७ मत प्राप्त गरे। यस्तै उपप्रमुखमा पनि एमालेकै डम्मरकुमारी गुरुङ २३ सय १५ मतका साथ निर्वाचित भइन्। उपप्रमुखमा नेपाली काँग्रेसकी बिष्णुकुमारी खड्काले २२ सय ९९ मत प्रप्त गरिन्। यसैगरी नेकपा माओबादी केन्द्रका कृष्ण पराजुलीले अध्यक्षमा एक हजार ५८ र उपाध्यक्षमा बिष्णु भुसालले एक हजार १३ मत प्राप्त गरिन । वडा अध्यक्षमा काँग्रेसले १, ३ र ४ जितेको छ। २ र ५ मा एमाले र ६ मा माओवादी बिजयी भएको छ।
विहादी गाउँपालिकामा एमालेका भुसाल विजयी
