पर्वत, जेठ ३–पर्वतको जलजला गाउँपालिकामा नेपाली काँग्रेसका यामबहादुर मल्लले निरन्तर अग्रता लिइरहेका छन् । हालसम्मको मतपरिणामअनुसार उनले दुई हजार नौ सय पाँच मत र एमालेका लालबहादुर अधिकारीले दुई हजार दुई सय १६ मत प्राप्त गरेका छन् ।
माओबादी केन्द्रका बाबुराम शर्माले एक हजार पाँच सय ६३ मत ल्याएका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसका सिमा पुनले दुई हजार आठ सय ९३ र एमालेका अनिता शर्माले दुई हजार आठ सय एक मत प्राप्त गरेकी छन् । अब जलजला ३ को मत गणना हुन बाँकी रहेको छ ।
उता बिहादी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कमल भुसालले अग्रता लिएको छन् । तीनदिनसम्म बिहादी–१,२,३ र ४ को मतगणनासम्म २४ मतले अघि रहेका नेपाली काँग्रेसका परबिन गुरुङ वडा नम्बर ५ को गणनामा एक सय ४२ मतान्तरले पछि परेका हुन ।
एमालेका भुसालले वडा नम्बर ६ को गणना हुन बाँकी रहदा दुई हजार १२ मत प्राप्त गरेका छन् । काँग्रेसका गुरुङले एक हजार आठ सय ७० मत ल्याएका छन् ।
त्यस्तै उपाध्यक्षमा एमालेका डम्बर कुमारी गुरुङले एक हजार नौ सय ७१ र नेपाली काँग्रेसका बिष्णुकुमारी खड्काले एक हजार नौ सय ४६ मत प्राप्त गरेकी छन् । वडा अध्यक्षमा काँग्रेसले १, ३ र ४ जितेको छ । २ र ५ मा एमाले बिजयी भएको छ ।