पर्वत, जेठ ३–पर्वतको फलेबास नगरपालिकामा नेकपा एमाले बिजयी भएको छ । एमालेका पदमपाणी शर्माले छ हजार एक सय तीन मत प्राप्त गरी प्रमुख (मेयर)मा जितेका हुन । तिब्र प्रतिष्पर्धा मानिएको फलेबासमा नेपाली काँग्रेसका गंगाधर तिवारीले पाँच हजार सात सय ५५ मत प्राप्त गरे ।
उपप्रमुखमा पनि एमाले नै बिजयी भएको छ । एमालेका मञ्जु अधिकारीले पाँच हजार नौ सय ५४ मत प्राप्त गरी नेपाली काँग्रेसका रेखा गुरुङलाई हराएकी हुन । गुरुङले पाँच हजार छ सय ४९ मत प्राप्त गरिन । यो नगरमा एमालेले नौ वटा वडा जितेको छ भने नेपाली काँग्रेसले दुई वटा वडा मात्रै जित्यो । एमालेले वडा नम्बर १, २, ४, ५, ६, ७, ८, ९, १० र काँग्रेसले ३ र ११ वडा जितेको हो ।