पर्वत, जेठ ३–पर्वतको जलजला गाउँपालिकामा नेपाली काँग्रेसले निरन्तर अग्रता लिएको छ । हालसम्मको मतपरिणम अन्र्तगत नेपाली काँग्रेसका यामबहादुर मल्ल ९रामकृष्ण० ले एक हजार छ सय ६५ मत प्राप्त गरेका छन् । काँग्रेसलाई माओबादी र एमालेले पाँच सयबढीको मतान्तरले पछ्याइरहेका छन् । नेकपा एमालेले एक हजार ९३ र नेकपा माओबादी केन्द्रले एक हजार एक सय १६ मत ल्याएका छन् । मत परिणाम आजसाँझसम्ममा आउने अनुमान गरिएको छ । यो गाउँपालिका अन्र्तगत ७ र ९ वडा नेकपा माओबादी केन्द्र र ८ नम्बर वडा नेपाली काँग्रेसले जितेको छ ।