spot_img

पर्वतका पाँचमा काँग्रेस र दुईमा एमाले अघि

पर्वत, जेठ २–दुई नगरपालिका र पाँच गाउँपालिकामध्ये स्थानीय तह निर्वाचनको मतगणनामा नेपाली काँग्रेस पाँच र नेकपा एमाले दुई स्थानीय तहमा अघि देखिएका छन् । काँग्रेसले कुश्मा नगरपालिका, पैंयूँ, बिहादी, मोदी र जलजला गाउँपालिकामा अग्रता लिएको छ । उता एमालेले फलेबास नगरपालिका र महाशिला गाउँपालिकामा अग्रता लिएको हो ।
कुश्मा नगरपालिका
कुश्मा नगरपालिकामा १२२६ मत गणना गर्दा मेयरमा काँग्रेसले ५७६, एमालेले ३३९ र माओबादी केन्द्रले ८१ मत पाएको छ । उपमेयरमा काँग्रेसले ५५६, एमालेले ३३८ र माओबादी केन्द्रले ९५ मत पाएको छ । कुश्मा–१ मा भएको यो गणनामा वडा अध्यक्षमा भने ३१ मतले एमाले अगाडी छ । काँग्रेसले ५०५ मत पाउदा एमालेले ५३६ पाएको छ ।
जलजला गाउँपालिका
जलजला गाउँपालिकाको मतगणनामा काँग्रेसले गाउँपालिकाको अध्यक्षमा ५८९ मत, एमालेले १४९ र माओबादी केन्द्रले ४८७ प्राप्त गरेको छ । उपाध्यक्षमा काँग्रेसले ६२४, एमालेले १९८ र माओबादी केन्द्रले ४५५ मत ल्याएको छ । जलजला–९ मा भने माओबादी केन्द्रको प्यानल नै बिजयी भएको छ । केन्द्रका गौबहादुर पुनले ३८२ मत ल्याएर बिजयी भएका हुन । उनले ४६ मतान्तरले काँग्रेसलाई पराजित गरेका हुन । वडाअध्यक्षमा काँग्रेसले ३३६ मत प्राप्त गरेको थियो । जलजला–८ को मतगणनामा वडा अध्यक्षमा काँग्रेस अगाडी छ । ६५१ मत मध्ये काँग्रेसले ३१७ पाउदा एमालेले ७२ र माओबादी केन्द्रले २२३ मत पाएका छन् ।
मोदी गाउँपालिका
मोदी गाउँपालिकामा काँग्रेस अघि छ । अध्यक्षमा काँग्रेसले ५४०, एमालेले ४४० र माओबादी केन्द्रले १६१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा काँग्रेसले ५३८, एमालेले ४२५ र माओबादी केन्द्रले १३८ मत पाएका छन् । मोदी–१ भुकताङ्लेको गणना सम्पन्न भएको हो । यो वडामा नेपाली काँग्रेसको प्यानल नै बिजयी भएको छ । काँग्रेसका गौबहादुर गुरुङले ५४१ मत प्राप्त गरी वडा अध्यक्षमा बिजयी भएका हुन । यो वडामा वडाअध्यक्षमा एमालेले ३९८ र माओबादी केन्द्रले २२० मत पाए । मोदीमा अहिले वडा नम्बर २ देउपुरको गणना भइरहेको छ ।
फलेबास नगरपालिका
फलेबास नगरपालिकामा एमालेले अग्रता लिएको छ । प्रमुखमा काँग्रेसले १३०९, एमालेले १४५६, उपप्रमुखमा काँग्रेसले १३८३ र एमालेले १३९० मत पाएका छन् । फलेबास नगरपालिका १ मा एमालेका प्यानल नै बिजयी भएको छ । यो वडाको अध्यक्षमा बाबुराम शर्मा बिजयी भएका छन् । त्यस्तै फलेबास २ एमालेका गंगानारायण श्रेष्ठ बिजयी भएका छन् । यो वडामा एक सदस्य काँग्रेस र बाँकी एमाले बिजयी भएका हुन ।
महाशिला गाउँपालिका
महाशिला गाउँपालिकामा एमालेले अग्रता लिइरहेको छ । अध्यक्षमा एमालेले ९१८ मत पाउदा काँग्रेसले ७८९ र माओबादी केन्द्रले ७० मत प्राप्त गरेको छ । उपाध्यक्षमा एमाले ९४९, काँग्रेस ७५३ र माओबादी केन्द्र ६९ मत पाएका छन् । महाशिला–१ होश्राङदीको वडा अध्यक्षमा एमालेका इश्वरीप्रसाद भुसाल बिजयी भएका छन् । उनले काँग्रेसका भीमबहादुर रानालाई ३० मतले हराएका हुन । भुसालले चार सय १३ मत र रानाले तीन सय ८३ मत पाए ।
त्यस्तै महाशिला–२ मा काँग्रेसले प्यानल नै जितेको छ । वडा अध्यक्षमा काँग्रेसले दुई सय १७ र एमालेको ७० मत प्राप्त भएको छ ।
बिहादी गाउँपालिका
बिहादी गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिइरहेको छ । बिहादी–१ मा काँग्रेसको प्यानल नै बिजयी भएको छ । हेम आचार्य वडा अध्यक्षमा ३७५ मत ल्याएर बिजयी भएका हुन । गाउँपालिका अध्यक्षमा काँग्रेसले ४०९, एमाले २८१ माओबादी केन्द्र १०९ ले मत ल्याएका छन् ।
पैंयूँ गाउँपालिका
उता पैंयूँ गाउँपालिकामा नेपाली काँग्रेस अघि छ । पैंयूँ–१ मा वडा अध्यक्षमा काँग्रेसका पिताम्बर भुसालले जितेका छन् । उनको प्यानल नै बिजयी भएको छ । काँग्रेसले वडा अध्यक्षमा तीन सय ६७ र एमालेले दुई सय ५२ मत प्राप्त गरेको छ । यो वडाबाट गाउँपालिका अध्यक्षमा काँग्रेसले तीन सय ६८ र एमालेले दुई ५२ मत पाएको छ । पैंयूँ–२ को वडाअध्यक्षमा काँग्रेसका भिमसेन गुरुङसहितको टिम बिजयी भएको छ । पंैयूँ–४ को वडा अध्यक्षमा एमालेका महेन्द्र श्रेष्ठको टिम नै बिजयी भएको छ ।

spot_img

भर्खरै