पर्वत, जेठ १–पर्वतको पैंयूँ गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । पैंयूँ १ टकलाकमा दुई सय मत गणना गर्दा काँग्रेसले एक सय १४ मत प्राप्त गरेको छ । एमालेको ६७ र माओबादी केन्द्रको आठ मत प्राप्त भएको छ ।
पैंयूँ–२ बेउलीबासको एक सय मत गणना गर्दा काँग्रेसको ५१, एमालेको ३० र माओबादीको नौ मत प्राप्त भएको छ । त्यस्तै गरी पैंयूँ–३ त्रिबेणीमा दुई सय मत गन्दा काँग्रेसको एक सय र एमालेले ८४ र माओबादी केन्द्रले सात मत प्राप्त गरेको पैंयूबाट तेजराम काफ्लेले जानकारी दिए । पैंयूँमा भोली बिहानसम्ममा मतगणनाको नतिजा आउने उनको भनाई छ ।


