spot_img

आक्रामक प्रचारमा दलहरु

इन्दिरा देवी शर्मा
पर्वत, बैशाख २४ । स्थानीय तहको चुनावको मतदान गर्ने समय मात्रै एक साता बाँकी रहँदा दलहरु आक्रामक रुपमा प्रचारमा जुटेका छन् । उनीहरुले आमसभा सँगै घरदैलो, माइकिङ, पर्चा, पम्प्लेट बितरणलाई तिब्रता दिएका छन् ।
दुई नगरपालिका र पाँच गाउँपालिका रहेको पर्वतका सबै तहमा विशेषगरी नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्रको प्रचार आक्रामक देखिएको छ । कुश्मा नगरपालिकामा काँग्रेसबाट प्रमुखमा रामचन्द्र जोशी, उपप्रमुखमा सिता काफ्ले लामिछाने, एमालेबाट प्रमुखमा मेघनाथ सुवेदी, उपप्रमुखमा मुगा पोखरेल, माओबादी केन्द्रबाट प्रमुखमा शंकर गिरी र उपप्रमुखमा तारा रिजाल, राप्रपाबाट प्रमुखमा प्रकाश पौडेल र उपप्रमुखमा मानकुमारी गिरी, संयुक्त मोर्चाबाट प्रमुखमा तेजेन्द्र पौडेल र नयाँ शक्तिबाट प्रमुखमा सुनिल पौडेल उम्मेदवार बनेका छन् ।
काँग्रेसका उम्मेदवार लामो समयदेखि कुश्मा नगरपालिकाको विकास निर्माणको काम बुझेका नेता मानिन्छन् । फलेबास नगरपालिकामा नेपाली काँग्रेसबाट प्रमुखमा गंगाधर तिवारी, उपप्रमुखमा रेखा गुरुङ, एमालेबाट पदमपाणी शर्मा, उपप्रमुखमा मञ्जु अधिकारी, नेकपा माओबादी केन्द्रबाट प्रमुखमा मोती रेग्मी र उपप्रमुखमा शोभा क्षेत्री उम्मेदवार बनेका छन् ।
मोदी गाउँपालिकामा नेपाली काँग्रेसबाट प्रमुखमा बिश्वप्रकाश प्रसाई, उपप्रमुखमा मिना केसी, एमालेबाट प्रमुखमा प्रेम पौडेल र उपप्रमुखमा सेती महत, नेकपा माओबादी केन्द्रबाट प्रमुखमा मनबहादुर पौडेल, गंगा तिमिल्सिना छन् । यता पैंयू गाउँपालिकामा काँग्रेसका प्रभावशाली नेता खगेन्द्रप्रसाद तिवारी प्रमुखको उम्मेदवार बनेका छन् । उपप्रमुखमा काँग्रेसबाट जसमति गुरुङ रहेकी छन् ।
एमालेबाट प्रमुखमा मित्रलाल बस्याल, उपप्रमुखमा गोमता शर्मा बस्याल, माओबादी केन्द्रबाट प्रमुखमा पुष्यप्रसाद आचार्य, उपप्रमुखमा अम्बिका न्यौपाने, बिहादी गाउँ पालिकामा नेपाली काँग्रेसबाट प्रमुखमा परबिन गुरुङ, उपप्रमुखमा बिष्णु कुमारी खड्का, एमालेबाट प्रमुखमा कमल भुसाल र उपप्रमुखमा डम्बरकुमारी गुरुङ, नेकपा माओबादी केन्द्रबाट प्रमुखमा कृष्णप्रसाद शर्मा र उपप्रमुखमा बिष्णु भुसाल रहेका छन् ।
त्यस्तै महाशिला गाउँपालिकामा नेपाली काँग्रेसबाट प्रमुखमा उज्ज्वल गुरुङ, उपप्रमुखमा सिर्जना मल्ल ठकुरी, एमालेबाट प्रमुखमा राजु पौडेल, उपप्रमुखमा हिरा थापा, नेकपा माओबादी केन्द्रबाट प्रमुखमा रुपनारायण अधिकारी, उपप्रमुखमा जयकली मल्ल प्रतिष्पर्धामा रहेका छन् ।

spot_img

भर्खरै