spot_img

महाअभियोग अघि बढाउन संसदलाई संकट, आजको बैठक सूचना टाँसेर स्थगित हुने सम्भावना

२४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि महाअभियोग प्रस्तावमाथिको छलफल अघि बढाउन व्यवस्थापिका संसदलाई संकट परेको छ ।

एमाले सहित विपक्षी गठबन्धनको नाराबाजीका बीच संसदमा टेबुल भएको महाअभियोग प्रस्ताव अघि नबढाउनू भनी सर्वोच्च अदालतले संसद सचिवालयलाई अन्तरिम आदेश दिएको थियो ।

संसद सचिवालय स्रोतका अुनसार सभामुख ओनसरी घर्तीले छलफल गरेपछि मात्र आजको बैठकको कार्यसूची तय गर्ने भनेकी छन् । अदालतले अन्तरिम आदेश दिइसकेको सन्दर्भमा महाअभियोग प्रस्ताव अघि बढाउँदा अदालतको अवहेलना हुने भएकाले सभामुख छलफलमा रहेको स्रोतले जनाएको छ ।

प्रमुख विपक्षी एमाले लगायतका दलले महाअभियोग प्रस्ताव फिर्ता लिन सरकारलाई दबाव दिइरहेका छन् । त्यसैले आइतवारको संसद बैठक सूचना टाँसेर स्थगित गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

spot_img

भर्खरै