काठमाडौं भदौ १७ । सरकारले दुई बर्षको अवधिमा पटक पटक पेट्रोलियम पदार्थको मूल्य ३५ प्रतिशतले घटाउँदा पनि यातायात व्यवसायीहरुले सवारी भाडा दर भने घटाएका छैनन् ।
पेट्रोलियम पदार्थको मूल्यबृद्धि नहुँदै भाडा बृद्धि गर्ने यातायात व्यवसायीहरु मूल्य घट्दा भाडादर घटाउन उत्तरदायी देखिंदैनन् । यातायात क्षेत्रमा ९९ प्रतिशत निजी क्षेत्र हावी भएकाले यातायातका अधिकारीहरु भाडा घटाउन छोडेर टुलुटुलु हेरर बस्छन् भनेर विहीबारको कान्तिपुर दैनिकको पृष्ठ १५ मा समाचार प्रकाशित भएको छ ।
२०७० फागुनमा पेट्रोलको मूल्य १४० रुपैया र डिजेलको मूल्य १०९ रुपैया पुग्दा यातायात व्यवसायीहरुले भाडा बढाएका थिए । २०७२ साल भदौमा पेट्रोलको मूल्य १०४ र डिजेलको मूल्य ८२ रुपैया घट्दा पनि दुई बर्षयताको भाडादर जस्ताको तस्तै छ ।