काठमाडौं भदौ १३ । गत बैशाख १२ गतेको महाभूकम्पको पराकम्पन जाने क्रम अझैं रोकिएको छैन् ।
आइतवार दिनभर मात्र ३ पटक भूकम्पको धक्का महसुस गरिएको थियो । साँझ ७ बजेर २ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर पाँच म्याग्निच्यूटको पराकम्पन महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि आइवार विहान ३ बजेर ९ मिनेट जाँदा धादिङ केन्द्रविन्दुको ४ दशमलव ३ र विहान ८ बजेर २६ मिनेट जाँदा दोलखा केन्द्रविन्दु रहेको ४ दशमलव एक म्याग्निच्यूटको पराकम्पन महसुस गरिएको केन्द्रले जनाएको छ ।