spot_img

पाकिस्तानी नागरिकलाई साउदीमा फाँसी

रियाद, साउदी अरब, १३ भदौ । साउदी अरबले एक पाकिस्तानी नागरिकलाई लागु पदार्थ तस्करी गर्ने प्रयास गरेको अभियोगमा फाँसी दिएको छ ।

साउदी अरब आफ्ना नागरिकहरूले लागु पदार्थ कारोबारमा ठाउँ नपाउन् भनी उच्चरुपमा सतर्क रहेको छ र यहाँ अवैधरुपमा गरिने गाँजा, चरेस तथा हिरोइनजस्ता लागु पदार्थको कारोबार गर्ने जोकोही विरुद्ध कडा सजायँ दिनमा प्रतिबद्ध छ, साउदी अरबको गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

यो वर्ष मात्रै साउदी अरबमा १२९ जनालाई फाँसीको सजायँ दिइएको छ । यो सङ्ख्या सन् २०१४ मा मात्रै ८७ थियो ।
पाकिस्तानी नागरिक मोहमद सरिफलाई लागु पदार्थ हिरोइन आपूर्ति गर्ने प्रयास गरेको अभियोगमा यहाँको प्रहरीले पक्राउ गरेको थियो । उनले हिरोइनलाई आफ्नो पेटभित्र लुकाएर पाकिस्तानबाट साउदी अरब पु¥याएको उक्त मन्त्रालयको दाबी छ ।
सरिफलाई रियाद नजिकैको क्युयाइया जिल्लामा फाँसी दिएको पनि विज्ञप्तिमा जनाइएको छ । रासस/एएफपी

spot_img

भर्खरै