spot_img

२२ बर्षपछि नेपाललाई साफ फुटबलको उपाधि

काठमााडौं भदौं १२ । नेपालले २२ बर्षपछि सार्क स्तरीय फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।

नेपालमा आयोजना गरिएको पहिलो यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा भारतलाई हराउँदै उपाधि जितेको हो । नेपालले सन् १९९३ मा छैटौं दक्षिण एसियाली खेलकुदमा भारतलाई नै हराउँदै स्वर्ण पदक जितेको थियो ।

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको मैदानमा शनिवार भएको फाइनल खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले विजयी भएको हो । नेपालका लागि टाइब्रेकरमा हेमन्त थापामगर, सुनील बल, विश्वास श्रेष्ठ, द्रोण थापा र अनन्त तामाङ्गले गोल गरेका थिए । यसअघि निर्धारित ९० मिनेटको खेलमा १-१ को बराबरी भएपछि निर्णयको लागि खेल पेनाल्टी सुट आउटमा गएको हो ।
३१ औं मिनेटमा सुनिल बलको कर्नर पासलाई सदुपयोग गर्दै तेज तामाङले गोल गरी नेपाललाई प्रारम्भिक अग्रता दिलाएका थिए । नेपाल विजय नजिक पुगेको अवस्थामा ८८ औं मिनेटमा दिनेश राजबंशीले डी बक्सभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भारतले बराबरी गरेको थियो ।
फाइनल खेल हेर्न नेकपा ९एमाले०का अध्यक्ष केपी ओली, युवा तथा खेलकुद मन्त्री पुरुषेत्तम पौडेल, एन्फाका अध्यक्ष गणेश थापालगायतको उपस्थिति रहेको थियो ।

 

spot_img

भर्खरै