बेइजिङ (चीन), ११ भदौ । चिनियाँ राष्ट्रपति सी जिनपिङको आगामी महिना हुन लागेको भ्रमणलाई लिएर चिनियाँ स्टेट काउन्सिलर (एससी) याङ जेइची र अमेरिकी नेसनल सेकुरिटी एडभाइजर सुसान राइसबीच शुक्रबार एक विशेष छलफल भएको छ ।
“यो भ्रमणले चीन तथा अमेरिकाबीचको सम्बन्ध तथा अन्तर्राष्ट्रिय सम्बन्धमा सार्थक महत्व राख्नेछ,” छलफलपछि पत्रकारसँग कुराकानी गर्दै चिनियाँ अधिकारी याङले बताउनुभयो ।
उहाँले भ्रमणलाई सफल पार्न दुवै देशले बृहद् तयारी गर्नुपर्ने आवश्यकता हुनेछ भन्नुभयो ।
“पछिल्लो केही वर्षमा चीन र अमेरिकाबीच खासगरी व्यापार, ऊर्जा तथा जलवायु परिवर्तनका विषयमा समन्वय तथा सहकार्य हुँदै आइरहेको र सुमधुर सम्बन्ध रहेको दाबी याङले पत्रकारसँगको कुराकानीमा गर्नुभयो ।”
“भ्रमणले हामीबीच रहँदै आएको सहकार्यलाई थप मजबुट गर्नसक्ने सामथ्र्य तथा सम्भावना का बोकेको छ र चीन, अमेरिकाबीचको सम्बन्धमा नयाँ उचाई थप्नु आजको आवश्यकता हो,” चिनियाँ स्टेट एडभाइजर र याङले राइससँगको छलफलका क्रममा बताउनुभयो । दुवै पक्षले एक अर्काका महत्वपूर्ण रुची र चासोका विषयलाई सम्मान गर्दै अघि बढ्नुपर्छ ।
यसैगरि, अमेरिकी अधिकारी राइसले अमेरिकी राष्ट्रपति बाराक ओबामाले चिनियाँ राष्ट्रपति सीलाई आफ्नो देशमा स्वागत गर्न विशेष उत्सुकताका साथ पर्खिरहनुभएको जनाउनुभयो ।
अमेरिका र चीनबीच रहँदै आएको दुई पक्षीय सम्बन्ध हालका केही महिनामा थप प्रगाढ भएको राइसले बताउनुभयो । अमेरिका यसलाई थप मजबुत पार्दै अघि बढ्ने कुरामा दृढ रहेकोसमेत उक्त अवसरमा भएको जनाइएको छ ।
विश्वका दुई प्रभावशाली राष्ट्र चीन र अमेरिकाबीच धेरै विषयमा समान धारणा आदनप्रदान गर्दै आएको दोहो¥याउँदै राइसले अमेरिकी राष्ट्रपति ओबामाले चीन र अमेरिकाबीचको दुईपक्षीय सम्बन्धमा धेरै महत्व दिनुभएको बताउनुभयो ।
भेटका अवसरमा विकास सहयोग, खाद्य सुरक्षा, सामुद्रिक मामिला, संयुक्त राष्ट्रसङ्घको शान्ति प्रयास र जङ्गली जनावरलगायतका विषयमा व्याप्त फरक विचारलाई दुवै पक्षले आपसी छलफलद्वारा व्यवस्थापन गर्दै जानुपर्ने सहमति पनि भएको थियो ।
राइसले चीनमा रहँदा चिनियाँ विदेशमन्त्री वाङ यी, लिउ ही लगायत विशिष्ट चिनियाँ अधिकारीसँग भेट गरीसक्नुभएको छ । रासस÷सिन्ह्वा