spot_img

दुइसय ८ चेलीको उद्धार

भद्रपुर, भदौ, ११ । माइती नेपाल काँकडभिट्टा झापाले सन् २०१५ को छ महिनाको अवधिमा २०८ जना चेलीलाई उद्धार गरेको जनाएको छ । 

सन् २०१४ मा एक वर्षको अवधिमा काँकडभिट्टा नाकाबाट २५० जना चेलीलाई उद्धार गरिएको माइती नेपालले आज यहाँ एक कार्यक्रममा जानकारी गराएको छ ।
माइती नेपाल काँकडभिट्टाका प्रमुख गोविन्द घिमिरेले चालु वर्षमा ७८ जना चेली हराएको निवेदन आएकोमा ४० जना फेला परिसकेको जानकारी दिँदै तीन जना बलात्कारका कारण पीडित बनेका, एक जना चेलीका पीडकलाई १६ वर्ष कैद र रु तीन लाख क्षतिपूर्ति ब्यहोर्ने फैसला जिल्ला अदालत झापाले गरेको जानकारी दिनुभयो ।
माइती नेपाल काँकडभिट्टाको पुनःस्थापना केन्द्र ४० जनाको क्षमता रहेकोमा हाल पाँच जना चेली रहेको बताइएको छ । असहाय बालबालिका र विदेशमा बेचिएका चेलीलाई उद्धार गरी पुनःस्थापना गर्ने उद्देश्यले २०५३ सालमा झापाको काँकडभिट्टामा शाखा स्थापना गरी सो क्षेत्रमा काम गर्दै आएको सो संस्थाले भारतको सिलोङ, सिलिगुडी, जलपाइगुडी, मुम्बैलगायत भारतका अन्य सहर र बङ्गलादेशबाट पनि नेपाली चेलीलाई उद्धार गरिसकेको छ । रासस

spot_img

भर्खरै