spot_img

पत्रकारविरुद्ध हिंसा बढेकोमा राष्ट्रसंघको चिन्ता

जेनेभा, ११ भदौ । दक्षिणी सुडानमा मिडियाका विरुद्धमा हिंसा बढ्दै गएको बताइएको छ । यसका लागि संयुक्त राष्ट्रसंघले चासो र चिन्ता व्यक्त गरेको छ । पत्रकार तथा मिडियाका विरुद्धमा बढ्दै गएको हिंसाका लागि संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले चासो व्यक्त गर्नुका साथै यस्ता क्रियाकलापहरु रोक्नका लागि चेतावानी पनि दिएका बताइएको छ । विचार तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक डेभिड कायले यस विषयमा चिन्ता र चासो व्यक्त गर्नुभएको बताइएको छ । उहाँले पछिल्लो समयमा मारिएका दक्षिणी सुडानका पत्रकार पिटर मोइको हत्याको निन्दा गर्नुभएको छ । साथै उहाँले यस्तो हत्याका विरुद्धमा राष्ट्रसंघले सधैँ आवाज उठाउने प्रतिबद्धता पनि राख्नुभयो । दक्षिण सुडानका विभिन्न पत्रपत्रिकामा कामगर्ने पत्रकार मोइको यही अगष्ट १९ मा हत्या भएको थियो । उहाँलाई आफ्नो काम सकेर घर जाने क्रममा दक्षिण सुडानको जुबामा अज्ञात बन्दुकधारीहरुले गोली हानी हत्या गरेका थिए । त्यसैगरी मे महिनाको सुरुवातमा पनि एकजना रेडियो पत्रकारको हत्या भएको थियो । कायले पत्रकारहरुमाथिको धाकधम्की एवम् हत्या कुनैपनि हालतमा स्वीकार्य नहुने भन्दै यस्ता व्यक्तिलाई जुनसुकै अवस्थामा भएपनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

दक्षिण सुडानमा पछिल्लो समयमा जारी रहेको हिंसासँगै पत्रकारहरुमाथि पनि आक्रमण बढेको छ । अज्ञात व्यक्तिहरुबाट भएका यी आक्रमणबाट कयौँ पत्रकार मारिएका छन् । रासस÷सिन्ह्वा 

spot_img

भर्खरै