कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति डा. चुडामणी शर्मा, नेकपा एमालेका अध्यक्ष गोबिन्द पहाडी, माओवादी केन्द्र पर्वतका संयोजक उमाकान्त भुर्तेल, राप्रपाका प्रतिनिधि समुन्द्र गिरी, पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पोखराका प्रमुख कुलप्रसाद पौडेल, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लगायतले बोल्नुभएको थियो ।

साधारणसभामा संस्थाका अध्यक्ष रबिकुमार श्रेष्ठले चालु आर्थिक वर्षमा संस्थाले गरेका कार्यक्रमहरु र आगामी योजनाका बारेमा बोल्नुभएको थियो । उहाँले आगामी आर्थिक वर्षदेखि बृहद कुश्मा खानेपानी आयोजना संचालनका लागि संघीय सरकारवाट रु. तीन करोड रुपैया बजेट बिनीयोजन भएको जानकारी दिनुभयो । उक्त योजना सम्पन्न भएपछि कुश्माबजारवासीलाई चौविसै घण्टा पानी वितरण गर्न सकिने भएको छ । उक्त योजनामा रति खोला र जहरेखोलावाट पानी ल्याईने भएको छ ।

शिवालय कुश्मा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष तुप्ला शाक्य, आर्थिक प्रतिवेदन कोषाध्यक्ष गणेश बहादुर भण्डारी र संचालन सचिब कमलनाथ शर्माले गर्नुभएको थियो । कार्यक्रममा लेखा संयोजक अर्जुनप्रसाद चापागाईले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा संस्थालाई विभिन्न क्षेत्रवाट सहयोग पुर्‍याउनेहरु, पुर्व अध्यक्ष लगायतलाई सम्मान समेत गरिएको थियो ।