spot_img

सबैभन्दा कम बेरुजु भएको पालिका बन्यो बिहादी

पर्वत–महालेखा परिक्षकको कार्यालयले गत आर्थिक बर्षको लेखा परिक्षण प्रतिवेदन अनुसार सबैभन्दा कम बेरुजु भएको पालिका बिहादी गाउँपालिका बनेको छ । पर्वतका सात पालिकामध्ये सबैभन्दा कम बेरुजु बिहादीको देखिएको हो ।
महालेखा परिक्षकको कार्यालयले हालै राष्ट्रपतिलाई बुझाएको प्रतिवेदनअनुसार बिहादी गाउँपालिकाको लेखा परिक्षण रकमको जम्मा एक दशमलम तीन प्रतिशत मात्रै बेरुजु देखिएको हो । यो पर्वतका सात पालिकामध्येकै कम बेरुजु हो ।

यसैगरी महालेखा परिक्षकको ताजा प्रतिबेदनअनुसार पर्वतको पैयुँ गाउँपालिकाको एक दशमलब २२ प्रतिशत, जलजला गाउँपालिकाको एक दशमलब २३ प्रतिशत, कुश्मा नगरपालिकाको तीन दशमलब २८ प्रतिशत, फलेबास नगरपालिकाको दुई दशमलब ६१ प्रतिशत, महाशिलाको दुई दशमलब ३४ प्रतिशत र मोदी गाउँपालिकाको एक दशमलब ९६ प्रतिशत बेरुजु आएको छ ।

 

spot_img

भर्खरै