spot_img

सहकारी सञ्चालकमा अव गलत नियत नहोस् : नगर प्रमुख जोशी

पर्वत–कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले सहकारीको उद्देश्य, मर्म तथा भावना अनुसार सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।
कुश्मा नगरभित्र नियमन क्षेत्राधिकारभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरुका लागि आयोगित तीन दिने सहकारी तथा गरिबी सम्बन्धी ब्यवस्थापन सूचना प्रणाली तथा लेखा सम्बन्धी तालिमको शुभारम्भ गर्दै जोशीले गलत नियत राखेर सञ्चालन गर्दा सहकारीमा पछिल्लो समय समस्या आएको दाबी गर्नुभयो । ‘सहकारी सञ्चालकहरुमा गलत नियत हुनुभएन, सहकारीको बास्तविक मर्म र भावनाअनुसार सञ्चालन हुनुप¥यो’ उहाँले भन्नुभयो । जोशीले तालिममा सहभागी ब्यवस्थापक तथा कर्मचारीहरुलाई सहकारीका गतिविधिमा सतर्क र जिम्मेबार भएर काम गर्न र सञ्चालकले लगाएका गलत काम इन्कार गर्न पनि आग्रह गर्नुभयो ।
जेठ ८ गतेसम्म सञ्चालन हुने तालिममा कुश्मा नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत धु्रवराज पौडेलले सहकारीलाई सही दिशामार्ग गर्नका लागि नगरपालिकाले अत्यावश्यक तालिमको आयोजना गरेको जानकारी गराउनुभएको थियो । कार्यक्रममा कुश्मा नगरपालिकाका आर्थिक विकास समितिका संयोजक तेजप्रसाद शर्मा, जिल्ला सहकारी संघका अध्यक्ष शेषराज रेग्मीलगायतले बोल्नुभएको थियो ।

 

 

spot_img

भर्खरै