पर्वत/नेपाल तरुण दलका अध्यक्ष बिद्वान गुरुङले आगामी संघ र प्रदेश सभा निर्वाचनमा तरुण दलले सशक्त भुमिका खेल्ने बताउनुभएकाे छ । नेपाल तरुण दल कास्कीद्वारा पाेखरामा आयोजना गरिएको विपत् व्यवस्थापन, नागरिक सेवामा तरुण दलको भुमिका एबम् निर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल तरुण दलका अध्यक्ष गुरुङले यस्ताे बताउनुभएको हाे ।
कार्यक्रममा बोल्दै तरुण अध्यक्ष गुरुङले अब तरुणहरु किसानको खेतमा गएर किसानहरुलाई सघाउने पनि बताउनुभयो । बिगतमा तरुणहरुले बिपतकाे बेलामा अग्र मोर्चामा रहेर भुमिका खेलेको स्मरण गर्दै नेता गुरुङले नागरिककाे हितमा रहेर तरुण दल सक्रिय हुने जानकारी दिनुभयो ।
पार्टी सभापतिले आफुलाई तरुण दल अध्यक्षको जिम्मेवारी दिएकोमा पार्टी सभापतीलाई धन्यवाद दिदै उहांले संघ र प्रदेशको चुनाब पछि आफुले तरुण दलको वडा तहदेखि केन्द्रसम्म अधिवेशन गराउने पनि जानकारी दिदै आउने संघ र प्रदेशको चुनावमा स्थानिय तहमा खेलेको भुमिका जसरी नै उम्मेदवारलाई जिताएर नेपाली काङ्ग्रेस पार्टिलाइ पहिलो पार्टी बनाउन तरुणहरु लाग्ने दाबी गर्नुभयो ।
कार्यक्रममा स्थानिय तह निर्वाचनमा नेपाली काङ्ग्रेसबाट चुनाव जितेका जनप्रतिनिधिलाई बधाइ दिदै प्रमाण पत्र र खादाले सम्मान गर्दै तरुण अध्यक्ष गुरुङले अब जनताको सेवामा लाग्नुपर्ने बताउनुभयो ।
संघिय र प्रदेश सभा सदस्य निर्वाचनमा पनि तरुण दलले सशक्त भुमिका खेल्छ : तरुण दल अध्यक्ष गुरुङ


