spot_img

असारभित्र तरुण दल केन्द्रीय समिति बिस्तार हुन्छ : गुरुङ

पर्वत/ नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले असार महिनाभित्र तरुण दल केन्द्रीय समिति विस्तार हुने बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति म्याग्दीद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले असार अन्तिमसम्ममा  तरुण दल समिति विस्तार हुने बताए । कम्युनिस्टको सरकार हुँदा जनताले दुःख पाएको भन्दै गठबन्धनको  सरकारमा त्यस्तो नभएको बताए । विपतको समयमा तरुणहरू अग्रणी मोर्चामा रहेर कार्य गर्ने उनको भनाइ छ । त्यहीअनुसार आफूले कार्यकर्तालाई निर्देशन दिएको बताए । उनले काँग्रेसको सरकारमा मात्र शान्ति सुशासन कायम रहने बताए ।  प्रदेश र संघको चुनावमा काँग्रेसको उम्मेदवारलाई जिताउनुको विकल्प नभएको बताए ।
spot_img

भर्खरै