पर्वत/ पैंयु गाउँपालिकामा नेकपा एमालेबाट उपाध्यक्ष पदकी उम्मेदवार यामकुमारी रानालाई गठबन्धनका कार्यकर्ताले मतदातालाई पैसा बितरण गर्दै गरेको अवस्थामा समातेका छन् । माैन अवधि सुरु हुनुभन्दा केही मिनेटअघि मात्रै मंगलबार राती पैंयु ४ बेशिथाेकबाट रानालाई गठबन्धनका कार्यकर्ताले समातेका हुन । रानासंगै एमालेका अध्यक्ष पदका उम्मेदवार महेन्द्र श्रेष्ठ र एमाले नेता बालकुमार क्षेत्री पनि संगै थिए । उनिहरु पैसा बितरण गर्न लागेको जानकारी पायर गठबन्धनका कार्यकर्ता त्यहा पुगेका थिए ।
उनिहरुलाई नियन्त्रणमा लिने क्रममा श्रेष्ठ र क्षेत्री भाग्न सफल भएका थिए भने उपाध्यक्ष उम्मेदवार राना समातिएकी हुन । उनकाे साथबाट बितरण गर्न लागेकाे नगद ५२ हजार पाच सय रुपैयाँ फेला परेकाे थियाे । उक्त रकमसहित रानालाई प्रहरीकाे जिम्मा लगाएकाे नेपाली कांग्रेस पैयु ४ का सभापति रेशम रिजालले जानकारी दिए । उनकाअनुसार प्रहरीले मुचुल्का तयार गरि नगदसहित रानालाई राति नै ईलाका प्रहरी कार्यालय लगेकाे थियो । गठबन्धन गरेका दलले मतदाता प्रभावित पार्न खाेजेकाेले एमाले उम्मेदवारलाई कारबाही गर्न माग गरेका छन । यसैबीच गठबन्धन दलका प्रचारप्रसार संयाेजक एकनारायण न्याैपानेले एक बिज्ञप्ति प्रकाशित गरि पैसा बितरण गरेर मतदाता प्रभाबित पार्ने कामप्रति अापत्ति जनाएका छन । उनले यस्ता निर्वाचन अाचारसंहिता बिपरितका गतिविधिले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित हुनेमा शंका गर्दै गलत गर्ने एमाले उम्मेदवारलाई कारबाहीको माग गरेका छन् । पैयुंमा गठबन्धन (नेपाली कांग्रेस, नेकपा माअाेबादी केन्द्र, नेकपा एकीकृत समाजबादी) काे तर्फबाट अध्यक्ष पदमा ताेरण मल्ल राज र उपाध्यक्ष पदमा जानकी प्रधान उम्मेदवार बनेका छन् । यसैगरी नेकपा एमालेले अध्यक्षपदमा महेन्द्र श्रेष्ठ र उपाध्यक्ष पदमा यामकुमारी रानालाई उम्मेदवार बनाएकाे छ ।
पैयुंमा एमाले उपाध्यक्ष उम्मेदवार पैसा बाड्दाबाड्दै समातिईन, कारबाही गर्न गठबन्धनकाे माग


