पर्वत/नेपाल तरुण दलका अध्यक्ष बिध्वान गुरुङले पैयुं गाउँपालिकामा गठबन्धन (नेपाली कांग्रेस, नेकपा माअाेबादी केन्द्र, नेकपा एकीकृत समाजबादी) दलकाे बिजय सुनिश्चित भईसकेकाे दाबी गर्नुभएको छ । पैयुंमा अाज मंगलबार गठबन्धन दलद्वारा बृहत माेटरसाईकल र्यालीपछि अायाेजित काेणसभालाई सम्बाेधन गर्दै गुरुङले पैयुबासीले देखाएकाे उत्साहले गठबन्धन दलकाे जित सुनिश्चित भईसकेकाे बताउनुभयाे । ´म पैयुंमा अाज ४ घण्टा बिताए, पैंयुबासीले देखाएकाे उत्साहले अध्यक्ष ताेरण मल्ल ठकुरी, उपाध्यक्ष जानकी प्रधानसहित गठबन्धन दलका सबै उम्मेदवारकाे जित सुनिश्चित भईसकेकाे पाए` गुरुङले भन्नुभयो । उहाँले दुई तिहाईकाे सरकार सम्हाल्न, पार्टी सम्हाल्न नसकेकाले अब नेकपा एमालेलाई जनताले भाेट दिने ठाउँ नै नरहेकाे दाबी गर्नुभयाे । गुरुङले गठबन्धनले जितेपछि अाफु तरुण दलकाे केन्द्रीय अध्यक्ष भएकाे नाताले पनि पैंयुमा अावश्यक याेजना तथा बजेट भित्र्याउनका लागि लाग्ने प्रतिबद्धता जनाउनुभयाे ।उहाँले गठबन्धनकाे मर्म र भावनाअनुसार गठबन्धनमा रहेका दलका सबै उम्मेदवारलाई पनि निर्धक्क भाेट हाल्न कांग्रेस कार्यकर्तालाई अाग्रह गर्नुभयो । गुरुङले नेपाली कांग्रेसले शान्ति, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन हाेस भन्न चाहेकाे र बिपक्षबाट अभद्र व्यवहार, अाक्रमण भएमा नेपाल तरुण दलले प्रतिकार गर्ने चेतावनी दिनुभयाे । नेकपा माअाेबादी केन्द्रका नेता उमाकान्त भुर्तेलले अब रुख पनि नेकपा माअाेबादी केन्द्रकाे चुनाब चिन्ह भएकाे बताउनुभयाे । भुर्तेलले केपि अाेलीकाे दम्भ र अहंकारलाई चिर्न पनि गठबन्धन दलका सबै उम्मेदवारकाे जित अनिवार्य भएकाे स्पष्ट पार्नुभयाे । गठबन्धन दलकाे पैयुंका प्रचार प्रसार समितिका संयाेजक एकनारायण न्याैपानेकाे सभापतित्वमा भएकाे कार्यक्रममा पैयुं गाउँपालिका अध्यक्ष पदका उम्मेदवार ताेरण मल्ल ठकुरी राज, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् पैयुं गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, महाधिवेशन प्रतिनिधि राजेन्द्रप्रसाद तिवारी, नेकपा एकीकृत समाजबादी पर्वतका उपसचिव सन्तोष न्याैपाने, नेपाली कांग्रेस पैयुंका सचिव रामप्रसाद भुर्तेललगायतले बाेल्नुभएकाे थियोे । काेणसभाअघि र्यालिले पैंयुका ७ वटै वडामा बृहत् माेटरसाईकल र्याली निकालेकाे थियो ।


