spot_img

पैयुंमा एकीकृत समाजबादीले गठबन्धनका साझा उम्मेदवार मल्ल र प्रधानलाई सघाउने

पर्वत, नेकपा एकीकृत समाजबादी पर्वतले पैयुं गाउँपालिकामा पनि गठबन्धनका साझा अध्यक्ष पदका उम्मेदवार ताेरण मल्ल ठकुरी राज र उपाध्यक्षमा जानकी प्रधानलाई सघाउने भएकाे छ । नेकपा एकीकृत समाजबादीका जिल्ला नेता उमाकान्त सुवेदीले अाईतबार एक बिज्ञप्ती प्रकाशित गरी लाेकतन्त्र, संबिधानसहित प्राप्त उपलब्धि रक्षार्थ साझा गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेकाे जानकारी दिएका हुन । समाजबादीले अाफ्नाे उम्मेदवार रहेका ठाउँमा मित्रवत प्रतिष्पर्धा गर्ने र नभएका ठाउँमा गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेकाे हाे । साझा गठबन्धनको तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका मल्ल र उपाध्यक्षमा कांग्रेसकै प्रधान उम्मेदवार बनेका हुन । अघिल्लो निर्वाचनमा कांग्रेस एक्लै लडेर बिजयी भएकाे पैयु गाउँपालिकामा यसपटक नेकपा माअाेबादी केन्द्र, नेकपा समाजबादी, राष्ट्रिय जनमाेर्चा लगायतका दलले पनि मल्ल र प्रधानलाई समर्थन जनाएका छन् । कांग्रेस बलियो रहेकाे ठाउँमा नेकपा माअाेबादी केन्द्र र समाजबादिलगायत दलकाे सहयाेगले गठबन्धनकाे जित सुनिश्चित भएकाे पैयुं गाउँपालिका अध्यक्ष पदका उम्मेदवार ताेरण मल्ल ठकुरी राजले दाबी गरेका छन ।

spot_img

भर्खरै