अध्यक्ष मल्लले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण विरूद्ध लड्न र अफ्ठ्यारोमा परेका नागरिकलाई सहयोग पुर्याउन नेपाली काँग्रेस र काँग्रेस निकट संघ संगठनहरुले गरेको यो सहयोग अनुकरणीय भएको दाबी गर्नुभयो । ‘यो विपत्तिमा जलजला मात्रै नभएर देशव्यापी रुपमा काँग्रेसले देखाएको सहयोग र सदाशयता निकै प्रशंसनीय छ ।’-काँग्रेसका युवा नेता समेत रहेका मभन्नुभयो । अध्यक्ष मल्लले जलजला गाउँपालिकामा मात्रै नभएर जिल्लाका अन्य स्थानीय तहमा समेत आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्दै आउनुभएको छ । जलजला गाउँपालिकाले यसअघिनै ३० लाखको आपतकालीन कोष खडा गरिसकेको छभने उक्त कोषमा अध्यक्ष मल्लले व्यक्तिगत रुपमा दुईलाख नगद सहयोग गरिसक्नुभएको छ । अध्यक्ष मल्लले गाउँपालिकाले स्थापना गरेको आपतकालिन राहत कोषमा सहयोग गर्न सबै संघ संस्था, राजनीतिक दलहरूलाई आह्वान समेत गर्नुभएको छ ।
गाउँपालिकाले जलजलाभित्र मजदुरी गरेर जिविकोपार्जन गर्ने श्रमिकहरुलाई राहत दिने, मोहनचोकमा २० बेडको क्वारेन्टाइन स्थापना गरेको छ । साथै कुश्मामा स्थापना भएको आईसोलेशन वार्डका लागि ७ लाख रूपैयाँ सहयोग गर्ने निर्णय समेत गरेको छ ।



