पर्वत, फागुन २२–कुश्मा नगरपालिका वडा नम्बर ८ चुवाका अनुज क्षेत्रीले नेपाल पत्रकार महासंघ पर्वत शाखालाई ‘वाटर डिस्पेन्सर’ सहयोग गरेका छन् । १३ औ बर्ष पुरा गरी १४ औ बर्षमा प्रवेश गरेका अनुजले आज (बिहिबार) एक कार्यक्रमका बिच उक्त सहयोग गरेका हुन । अनुज र उनकी आमा लक्ष्मीले कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेमार्फत नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीलाई सहयोग हस्तान्तरण गरेका थिए ।
अनुज नेपाल पत्रकार महासंघ पर्वतका साधारण सदस्य रहेका अर्जुन क्षेत्रीका छोरा हुन ।
केही बर्ष पर्वतमा रहेर पत्रकारितामा संलग्न अर्जुन हाल अमेरिकामा रहेका छन् । नेपाल पत्रकार महासंघ पर्वतजस्तो संस्थालाई आफ्नो जन्मदिनमा सहयोग गर्न पाउदा खुशी लागेको अनुजले बताए । कुश्मा नगरपालिकाका उपप्रमुख लामिछानेले आफ्नो जन्मदिनमा पत्रकार महासंघलाई वाटर डिस्पेन्सर सहयोग गरेकोमा धन्यबाद दिइन ।
महासंघका अध्यक्ष छविलाल तिवारीले जन्मदिनमा पत्रकार महासंघलाई सम्झेर सहयोग गरेकोमा अनुजलगायत परिवारलाई धन्यबाद दिएका थिए । महासंघका अध्यक्ष तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गणेश गिरीले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद शर्मा, पूर्वअध्यक्ष ओमप्रसाद घायललगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो । अनुज हाल राष्ट्रिय बाल शिक्षा सदन आवासिय मावि कुश्मामा कक्षा ८ मा अध्ययनरत रहेका छन् ।


