spot_img

करेन्ट लागी दुई जना मृत्यु भएको घटनाको छानबिन गर्न काँग्रेस नेता जोशीको माग

नेपाली काँग्रेसका नेता अर्जुन जोशी ।

पर्वत, साउन ३२–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद अर्जुनप्रसाद जोशीले महाशिला ४ मा शुक्रबार भएको करेन्ट लागेर दुई जना युवाको मृत्यु भएको घटनाको तत्काल छानबिन गर्न माग गरेका छन् । कसको लापरबाही र गैर जिम्मेबारीले उक्त घटना हुन गएको हो भन्दै उनले तत्काल छानबिन हुनुपर्ने माग गरेका हुन । उनले मृत्यु भएकाका परिवारलाई उचित क्षतिपुर्ति र घाइतेको आवश्यक उपचारको ब्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

महाशिला वडा नम्बर ४ पाखापानीमा काठेपोल बिस्थापित गरी फलामे पोल गाड्ने क्रममा शुक्रबार बिहान करेन्ट लागेर दुई जना युवा केशबहादुर क्षेत्री र सुरेन्द्रबहादुर क्षेत्रीको ज्यान गएको थियो । घटनामा भरत क्षेत्री घाइते भएका थिए । काँग्रेस नेता जोशीले उक्त घटना भएको जानकारी पाउनासाथ आफु स्तब्ध र दुखित भएको बताएका छन् । उनले मृतआत्माको चिरशान्तिको कामना गर्दै परिवारजनप्रति समवेदना ब्यक्त गरेका छन् । जोशीले घाइते भरत क्षेत्रीको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

spot_img

भर्खरै