यामबहादुर मल्ल (रामकृष्ण)
बिपक्षीलाई तथाकथित र बनावटी आरोप लगाउने मानसिकताले नै आज हामी पछाडी परेका छौ । राम्रो कामलाई राम्रो र नराम्रो कामलाई नराम्रो सबैले भन्न सक्नुपर्छ । ०५६ सालसम्म पर्वतका सबै गाउँ अन्धकार थिए । पैदलकै भरपर्नु पर्ने थियो । सडकको ट्रयाकसम्म खुलेको थिएन । गाउँमा स्वास्थ्य चौकीसम्म थिएन । खानेपानी समस्याको विकराल अवस्था थियो । खाडी पुगेको आफ्नो छोरा, श्रीमान, भाई, भतिजलाई फोन गर्नका लागि घण्टौ पैदल जानुपर्ने अवस्था थियो । गाउँ बैंकको सेवाबाट बञ्चित थियो । तर अहिले पर्वतका हरेक गाउँमा बिजुली पुगेको छ । ९० प्रतिशतले सहज रुपमा पानी उपभोग गर्न पाएका छन् । गाउँगाउँसम्म बैंक पुगेको छ । कच्ची सडक हरेक गाउँटोलमा पुगेको छ । हात–हातमा मोबाइल, इन्टरनेटको सुविधा छ । वडा–वडामा स्वास्थ्य चौकी पुगेको छ । श्रीमति, छोरी, बुहारीलाई सुत्केरी गराउनका लागि पोखरा, काठमाडौ पु¥याउनैपर्ने अवस्था छैन । पर्वतमा अहिलेसम्मको यो सबै काम नेपाली काँग्रेसको पहल र प्रयासमा भएकै हो । १८ बर्षमा काँग्रेसले के ग¥यो भन्दै गाउँमा त्यही काँग्रेसले खनिदिएको सडक प्रयोग गरेका छौ ।
हाम्रो समाजमा एउटा भनाई पनि छ, खाएको र लाएको सम्झिदैन रे । हो आज काँग्रेसले पर्वतमा गरेका कामको बारेमा गोयबल्स शैलीमा बिर्साइदैछ । तर नेपाली काँग्रेसले जतिसुकै काम गरेपनि त्यो काम हामीले ग¥यौ भन्दै कहिल्यै पनि हिँडेन । त्यसको त्यही कमजोरी आज नेकपाका नेताहरुले उठाउदै हिँड्नुभएको छ । निर्वाचनको प्रतिष्पर्धामा जलजला गाउँपालिकामा नेपाली काँग्रेसलाई विश्वास गरेर जनताले जिताउनु भयो । आजसम्मको दिनमा तपाईहरुको त्यो विश्वास हामीले गुम्न दिएका छैनौ । विकास कहिल्यै पनि पूर्ण हुन नसक्ने प्रक्रिया हो । जतिसुकै विकास भएको ठाउँमा पनि थप विकासको आवश्यकता पर्छ । हाम्रोजस्तो देशमा विकास भन्ने बित्तिकै हुने बिषय पनि होइन । सबै विकास ल्याउने चाहना हुँदा हुँदैपनि हामीसँग प्रयाप्त मात्रामा बजेटको अभाव छ । सबै गाउँपालिकाबासीको मागलाई सीमित स्रोतसाधनले पुरा गर्न सकिने बिषय पनि होइन । मुख्य कुरा हामीले गाउँपालिकाभित्रका मुख्य सडकलाई सकेसम्म छिटो कालोपत्रे गर्नुपर्छ भनेर लागेका छौ । गाउँपालिकाका नौ वटै वडामा एक घर एक धाराको अवधारण शुभारम्भ गरेका छौ । शैक्षिक गुणस्तरका निम्ति योजना बनाएका छौ । गाउँपालिकामा शैक्षिक सामाग्री किन्न नसक्नेलाई शैक्षिक सामाग्री, झोला, पोशाकको समेत ब्यवस्था मिलाएका छौ । स्वास्थ्य चौकीमा प्रयाप्त मात्रामा आवश्यक पर्ने औषधी राख्ने र स्वास्थ्यकर्मी बस्ने वातावरण मिलाएका छौ । अन्यत्र गाउँपालिका, नगरपालिकामा चर्को कर लिने गरेपनि जलजला गाउँपालिकामा सकेसम्म अत्यन्त न्युन मात्रै करको ब्यवस्था गरेका छौ । हाम्रो चाहना छ, त्यो कर पनि हटाउनुपर्छ र पालिकाभित्र रहेका स्रोतसाधनलाई अधिकतम रुपमा प्रयोग गरेर आन्तरिक आयलाई बढाउनुपर्छ । तर हामीले न्युन कर नउठाउदै गर्दा हामीलाई प्रदेश र संघले दिने अनुदान रोक्ने परिस्थिति बन्ने भएर नै न्युन कर मात्रै लिने गरेका हौ ।
हामीले जलजला गाउँपालिका समृद्ध गाउँपालिका बन्नुपर्छ भनेर कालीगण्डकी जलबिद्युत आयोजना निर्माण गर्ने पहलमा छौ । यो आयोजना निर्माण भयो भने जलजलाका हरेक घर लाभान्वित हुनेछन् । त्यसको प्रत्यक्ष फाइदा गाउँपालिका र जलजलाबासीलाई पर्नेछ । पर्वत बेनीदेखि बासखर्क हुँदै लेखफाँटबबाट नागीसम्म सडक बन्नुपर्छ । यो सडक कालोपत्रे हुनुपर्छ भनेर नै ०७२ सालको भुकम्पपछि यो सडकलाई भुकम्पको क्षतिग्रस्त योजनामा पारेर कालोपत्रेको प्रक्रिया सुरु भएको थियो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तत्कालिन संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले वारीबेनी–बगरफाँट–बासखर्क–लेखफाँट–नागी सडक र मोदी गाउँपालिकाको पातिचौरदेखि भुकको लप्सीबोटसम्म गरी दुई वटा सडक राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले कालोपत्रे गर्ने सडकमा समावेश गरेको कुरा भुल्न हुँदैन । पातिचौरदेखि लप्सीबोटको सडकमा टेण्डर प्रकाशन भयो । ठेक्काप्रक्रियामार्फत काम सुरु भयो । तर वारीबेनी लेखफाँट हुँदै नागी जाने सडकलाई नेपाली काँग्रेसले पारेको योजना भनेर बर्तमान सरकारले बजेट नै काटिदिएको कुरा आम जलजलाबासीले स्मरण गर्नैपर्छ । यो सडक जलजलाको बासखर्क, लेखफाँटमा उत्पादन भएका कृषिजन्य बस्तु बजार पु¥याउन, पर्यटकीय रुट कायम गर्न, त्यसक्षेत्रका बासिन्दालाई बजारसँग नजिक ल्याउन पनि महत्वपूर्ण रहेको हामी भन्दै आएका छौ । यो सडकको ट्रयाक खोल्ने काम काँग्रेसले नै गरेको हो । आज भन्दा दुई बर्षअगाडी काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसाँसद अर्जुनप्रसाद जोशी र म उक्त सडकबाट लेखफाँट पुगेर ट्रयाक औपचारिक खुलेको थियो । तर अहिले नेपाली काँग्रेसले सुरु गरेको भनेर केन्द्रबाट कालोपत्रेका लागि टेण्डर भइसकेको सडकको बजेट खोस्ने काम बर्तमान सरकारले गरेको म आम जलजलाबासीसमक्ष स्मरण गराउन चाहन्छु ।
जलजला गाउँपालिकामा हालै प्रतिनिधिसभा सदस्य एवम् नेकपा पर्वतका अध्यक्ष पदम गिरीले नेपाली काँग्रेसले चुनाव त जित्यो तर केही पनि काम गरेको छैन भन्नुभएछ । उहाँले सडक कालोपत्रे, सिंचाई, खानेपानीका पूर्वाधार र जनताका जिवनस्तरमा परिवर्तन ल्याउनेगरी कुनै काम नगरेको भनेको सुनियो । गाउँपालिकामा अर्बौको बजेट आएको छ तर कहाँ खर्च ग¥यो रु, गाउँपालिकालाई निश्चित मान्छेको स्वार्थपुर्ति गर्ने स्थलका रुपमा लिएको भन्ने आरोपप्रति मेरो र जलजला गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ । जलजला गाउँपालिकाको विकास बजेट जम्मा १४÷१५ करोड हो । नौ वटा वडामा जनताका सानादेखि ठुलासम्म आवश्यकता हजारौ रहेका छन् । असिमिति आवश्यकतालाई पुरा गर्नका लागि खर्बौ बजेटको आवश्यकता पर्छ । त्यो बजेट हामीले पाउन सकेका छैनौ । सडक कालोपत्रेको कुरा छ, एक किलोमिटर सडक कालोपत्रे गर्नका लागि न्युनतम दुई करोड बजेट खर्च हुन्छ, हाम्रो पालिकामा जम्मा १४÷१५ करोड विकास बजेट सडकको कालोपत्रेमा लगाउने की अन्य अत्यावश्यक योजनामा लगाउने रु, त्यो रकमले कति सडक कालोपत्रे गर्न सकिएला । पालिकाको बजेटबाट गाउँका सडक कालोपत्रे गर्ने कुरा कुनैपनि पालिकाले सक्दैन । हामीले खानेपानी, सिंचाईसहित जनताको जिवनस्तर उकास्नेगरी काम गर्दै आएका छौ । पालिकाको नौ वटै वडा कार्यालयलाई कालोपत्रेले छुनेगरी योजना बनाएका छौ । त्यसको पहल पनि गरेका छौ ।
हामीले पालिकामा सबै जनप्रतिनिधिबिच बैठक बसेर प्रदेश र संघीय सरकारमा प्राथमिकताका आधारमा योजनाको लिष्ट पठाएर बजेट माग गर्दै आएका छौ । तर, प्रदेश र संघ सरकार नेकपा नेतृत्वमा बनेको छ । हाम्रो जलजलालाई नेपाली काँग्रेसले जितेको पालिका भएकै कारण बजेटमा बिभेद गरिएको हामीले अनुभुति गरेका छौ । टेण्डर भएर आएको पर्वत बेनीदेखि बासखर्क–लेखफाँट हुँदै नागी जाने सडकको बजेट किन काटियो रु, जलजला गाउँपालिकामा विगतमा रहेका दुई दर्जन क्रमागत योजनामा बजेट किन काटियो रु जवकी एउटा सरकारको पालामा परेको क्रमागत योजनाको बजेट अर्को सरकारले काट्नै पाउदैन तर अहिले जलजला गाउँपालिकामा त्यो लागु भएको छैन । माथिबाट आएको बजेट पनि पहुँच लगाएर भित्रिनै नदिने अनि विकास भएन, गरेन भनेर अनावश्यक र तथाकथित आरोप लगाउनु संसदका निम्ति सुहाउने बिषय होइन । जलजलामा नेकपाको पार्टीको प्रशिक्षणमा पुगेर दुई बर्षभित्रमा मुख्य सडक चिल्ला बनाउछौ भन्नुभएछ । त्यो पहिला गरेर देखाउनुस् अनि मात्रै भन्न्स । हुन त बिपक्षीलाई गाली गर्नु हाम्रो अहिले संस्कार नै बनिसकेको छ । बिपक्षीले जतिसुकै राम्रो काम गरेपनि नराम्रो भन्ने बानी परेर नै होला ।
मुख्य कुरा के हो भने जलजला गाउँपालिका अहिले पनि निदाएर बसेको छैन । जलजला गाउँपालिकामा बढीभन्दा बढी विकास गर्नुपर्छ भनेर रातदिन नभनी हामी प्रदेशदेखि संघीय सरकारलाई घच्घच्याउन लागिरहेका छौ । हामीले जुनसुकै पार्टीबाट जितेर आएपनि सबै जनप्रतिनिधिलाई समान रुपमा ब्यवहार गरेका छौ । जलजलाका सबै बासिन्दालाई सेवा लिने बिषयमा समान गरेका छौ । जनतालाई सकेसम्म घरदैलोमै सेवा दिने प्रयत्न गरेका छौ । जलजला गाउँपालिकालाई प्रदेशबाट आएको बजेट फिर्ता गरियो भन्ने अरोप पनि लगाइएको छ । प्रदेशबाट आएको बजेट गाउँपालिकासँगको साझेदारीमा गर्नैपर्ने भनियो । तर गत आर्थिक बर्ष ०७५÷०७६ मा हामीले पालिकाको बजेट सबै बिनियोजन गरिसकेका थियौ । आर्थिक बर्षको केही महिना मात्रै बाँकी रहदा आएको बजेटमा साझेदारी गर्न पालिकाले गर्नसक्ने क्षमता नै थिएन । समयमा बजेट नपठाउने, अफ्ठ्यारो पारेर आएको बजेट गाउँपालिकाले फर्कायो भन्ने एकदमै राजनीतिक ब्लाकमेल गरिएको म आम सर्बसाधारणलाई अनुरोध गर्न चाहन्छु । आर्थिक बर्ष ०७६÷०७७ का लागि हामीले हाम्रो बजेट बिनियोजन नगर्दै प्रदेश र संघ सरकारसँग साझेदारीका निम्ति माग ग¥यौ तर त्यो समयमा उहाँहरुले बजेट दिनुभएन । बिचमा साझेदारीको नाममा बजेट पठाएर हामीले कहाँबाट बजेट मिलाउन सक्छौ र रु त्यसैले बुझीबुझी अनावश्यक र राजनीतिक चलाखी गनर््ुभन्दा सत्य कुरा जनतासमक्ष लैजानका लागि म बिनम्रतापूर्ण अनुरोध गर्न चाहन्छु । (मल्ल जलजला गाउँपालिका पर्वतका अध्यक्ष हुन) शुभ सन्देश साप्ताहिकबाट साभार