spot_img

नेबिसंघ पर्वतले लियो सरकारी सवारी कब्जा

पर्वत, माघ २३–नेपाल बिद्यार्थी संघ पर्वतले बुधबार पर्वत सदरमुकाम कुश्माबाट सरकारी सवारी साधन नियन्त्रणमा लिएको छ । सरकारी सवारी साधन चलाउन रोक लगाउदा लगाउदै चलाएको भन्दै नेबिसंघ पर्वतले छ वटा सवारीलाई नियन्त्रणमा लिएर साँझ चाबी बुझाएको हो । नेबिसंघ पर्वतले बुधबार कास्कीका बिद्यार्थी नेताहरुलाई पक्राउ गरी मुद्दा चलाएको बिरोधमा सरकारी सवारी साधन चल्न रोक लगाएको थियो ।
आफुहरुको आन्दोलन अवज्ञा गरेको भन्दै एक गाडीसहित पाँच वटा सरकारी मोटरसाइकल कब्जामा लिएको नेपाल बिद्यार्थी संघ पर्वतका नेता शिशिर शर्मा पौडेलले जानकारी दिए । नेबिसंघले कब्जामा लिएका सवारीमा जिल्ला अदालत पर्वतको बा१झ ७१९१ नम्बरको कार, शिक्षा तथा पूर्वाधार कार्यालयको ग१झ२८० नम्बरको मोटरसाइकल, कुश्मा नगरपालिकाको ध१प२९८ नम्बरको मोटरसाइकल, खानेपानी तथा सरसफाई कार्यालयको ८१४२ नम्बरको मोटरसाइकल, कुश्मा नगरपालिका वडा नम्बर ९ को ध१ब२७४ नम्बरको मोटरसाइकल र ध१ब३१४ नम्बरको मोटरािइकल रहेको छ ।
नेबिसंघले ती सवारीको चाबी नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयको पार्किङस्थलमा राखेको हो । कब्जामा रहेका सवारीको चाबी ५ बजे प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललाई नेबिसंघले बुझाएको थियो । नेबिसंघले कास्कीका नेताहरु डिफान भुजेल, परशुराम बस्नेत र विनय पौडेललाई पक्राउ गरेर मुद्दा लगाएको बिरोधमा पर्वतमा पनि बुधबार सरकारी सवारी साधन चल्न रोक लगाएको हो ।

spot_img

भर्खरै