spot_img

नेकपा एमालेले मतदाता प्रभावित पार्न दुई करोड बितरण गर्दै

पर्वत, मंसिर १८–नेकपा एमालेले पर्वतका मतदाता प्रभावित पार्न दुई करोडबढी बितरण गर्ने तयारी गरेको छ । मौनअवधि सुरु हुनै लाग्दा पर्वतका ६१ वटै वडामा कार्यकर्ता खटाएर पैसामा मतदाता किन्ने तयारी गरेको हो । काँग्रेसले पैसा बाड्न लाग्यो भन्ने तर आफै दुई करोडभन्दा बढी पैसा बितरण गर्न लागेको एक एमालेकै कार्यकर्ताले बताए ।

निष्पक्ष निर्वाचन भए त काँग्रेसकै उम्मेदवार बिजयी हुने भए, हामी काँग्रेसभन्दा पाँच हजारले कम भयौ भन्दै एमालेका उम्मेदवार पदम गिरी र विकास लम्सालले पैसाले मत किन्ने योजना बुनेका हु्न । सार्वजनिक समारोहमा बामगठबन्धनका उम्मेदवारलाई मत मागेपनि भित्र आफ्ना नजिकका कार्यकर्तालाई अरु जेसुकै हुन तर मलाई एक मत दिनुस् भन्दै पदम गिरी र विकास लम्साल कम्मर कसेर लागेपछि एमाले र माओबादी केन्द्रबिच दरार भइरहेको सन्दर्भमा पदम गिरीले पर्वतका एमालेनिकट रहेका शिक्षक र कर्मचारीसँग उठाएको दुई करोड रुपैयाँ बितरण गर्ने तयारी गरेका हुन ।

spot_img

भर्खरै